आर्मी र एपीएफको गोल वर्षा
बुधबार, ०२ पुस २०७६, २० : ४३
काठमाडौं । आयोजक त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबले प्रधानसेनापति कप अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा गोल वर्षा गरेको छ ।
लगनखेल स्थित आर्मीको मैदानमा बुधबार भएको खेलमा आर्मीले सिक्किम युनाइटेडलाई १०–० गोलले हरायो । अर्को खेलमा एपिएफले प्रदेश नम्बर १ लाई ९–० गोलले पराजित गर्यो । आर्मीको जितमा रश्मी कुमारी घिसिङले चार गोल गरिन् ।
शर्मिला थापा र सपना लामाले दुई दुई तथा अन्जली वाइबा र दीप राईले एक एक गोल गरे । चार गोल गरेकी रश्मी प्लेयर अफ दी म्याच घोषित भइन् । यसैगरी एपिएफलाई जिताउन सावित्रा भण्डारीले चार गोल गरिन् ।
अनिता बस्नेतले ह्याट्रिक पूरा गर्दा अनु लामा र रेणुका नगरकोटीले एक एक गोल थपे । अनिता खेलको प्लेयर अफ दी म्याच भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
-
नेपालमा हुने तिब्बतसम्बन्धी सम्मेलनमा चीनको चासो
-
एकै वर्षमा साढे ८५ करोडको लागुऔषध बरामद, जनस्वास्थ्यमा गम्भीर असर
-
बागमतीका ३ जना विना विभागीय मन्त्रीको जिम्मेवारी तोकियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण