मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

भरतपुर अस्पतालमा किन सुधार भएन ?

बिहीबार, ०३ पुस २०७६, १३ : १५
बिहीबार, ०३ पुस २०७६

-नारायण अधिकारी

चितवन । भरतपुर अस्पताललाई  केन्द्रीय अस्पतालको रुपमा स्तरोन्नति गरिएपनि भौतिक पूर्वाधार, जनशक्ति व्यवस्थापन, उपकरण तथा सेवाका क्षेत्रमा सुधार हुन सकेको छैन । ६ सय श्यया रहेको  अस्पतालमा पछिल्लो सयम चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीका अभाव रहेको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीको  दरबन्दी कम भएको जानकारी दिए । हाल अस्पतालमा कूल १७५ जनाको मात्र दरबन्दी रहेका मध्ये १४५ जना मात्र कार्यरत रहेका छन् । ४० जना चिकित्सकको दरबन्दी भएपनि हाल २६ जना मात्र दरबन्दीमा रहेका छन् । 

पछिल्लो समय अस्पताल सञ्चालनमा विकास समितिका स्वास्थ्यकर्मीले धानेका छन् । चार सय आठजना समितिका कर्मचारी कार्यरत रहेका छन् । तीमध्ये ४९ जना चिकित्सक रहेका छन् ।  अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले  विकास समिति बाहेक स्वास्थ्य सेवाका चिकित्सक,नर्स अनमी गरी ७५७ जनाको नयाँ दरबन्दी प्रस्ताव गरिएको जानकारी दिए । 

अस्पतालको सरसफाइमा अहिले ठेकेदारमार्फत एक सयजना कार्यरत रहेका छन् । क्रमशः अस्पताल विस्तार हुँदै जाँदा सोही प्रक्रियामा सङ्ख्या थप्दै लैजानुपर्ने प्रस्ताव अस्पतालले गरेको छ ।  अस्पतालमा वार्षिक रुपमा तीन लाख ५० हजार भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क रहेको छ । एकै दिनमा दुई हजार २०० सम्म बिरामी बहिरङ्ग सेवा लिन आएको उनले जानकारी दिए ।

चितवनसहित १९ जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गर्दछन् । अस्पतालमा १९ वटा विभाग सञ्चालमा रहेको छ । काठमाडौँको परोपकार प्रसूति गृहपछि सबै भन्दा बढी सुत्केरी हुने अस्पतालको रुपमा यस अस्पताललाई चिनिने गरिन्छ । अस्पतालमा गत आर्थिक वर्षमा १३ हजार ५४५ जनाले बच्चा जन्माएका थिए । 

मन्त्रिपरिषद्को गत फागुन ३ गतेको बैठकले अस्पताल केन्द्रीयस्तरको बनाउने निर्णय गरेको थियो । प्रदेश सांसद विजय सुवेदी अस्पताल केन्द्रीय भए पनि सुविधा प्राप्त गर्न नसकेको हुँदा  भौतिक पूर्वाधार, उपकरण र जनशक्ति केन्द्रीय अस्पताल सरह हुनुपर्ने बताए । यस अस्पताललाई विशेषज्ञ सेवासहितको अस्पताल बनाउन सरकारले निर्णय गरेको भए पनि काम हुन नसकेको उनले बताए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप