‘सेन्टी भाइरस’ गीत: ‘धुर्मुस’ र ‘सुन्तली’ यस्तो ‘फनफनी’
काठमाडौं । पछिल्लो समय कलाकारिता भन्दा समाजसेवामा सक्रिय हाँस्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को निर्माण रहेको पहिलो फिल्म ‘सेन्टी भाइरस’को पहिलो गीत ‘फनफनी’ सार्वजनिक गरिएको छ ।
बिहिबार राजधानीको विग मुभिजमा आयोजित एक कार्यक्रममा सार्वजनिक गरिएको गीतमा मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर, शंकर थापा स्माइलको संगीत रहेको छ । शब्द भने डिपी खनालले लेखेका हुन् ।
सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, कमलमणि नेपाल, राजाराम पौडेललगायत कलाकारको अलवा मोडल अञ्जली अधिकारीको समेत नृत्य देख्न सकिन्छ । गीतमा शंकर विसीको कोरियोग्राफी रहेको छ ।
सुबिहानी फिल्मस् प्रालिको ब्यानरमा निर्मित यस फिल्ममा शंकरसँगै राजनराज शिवाकोटी र कालिप्रसाद बाँस्कोटाको समेत संगीत समेटिएको छ । २ करोडको लागतमा बनेको फिल्मको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० विद्रोही तृणमूल लोकसभा सांसद राष्ट्रवादी नागरिक पार्टीमा विलय हुँदै
-
बिहान उठ्ने बित्तिकै टाउको दुख्छ ?
-
पहिलो हाफमा १–१ को स्थितिमा इरान र न्युजिल्यान्ड
-
मध्यान्हका यी बानीले बिगार्न सक्छ मुटुको स्वास्थ्य
-
कञ्चनपुरको स्थानीय तहहरूले नदीजन्य पदार्थ उत्खननमा रोक लगाए
-
कानेपोखरी ठगी प्रकरण : थप ११ पीडितद्वारा संयुक्त उजुरी, क्यान्सर रोगीदेखि बाख्रापालकसम्मको उठीबास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण