काँग्रेस नेता भण्डारी पीएचडी उपाधिबाट दीक्षित
काठमाडौं । त्रिविको ४५ औँ दिक्षान्त समारोहमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी पनि दीक्षित भएका छन् । बिहीबार पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा भएको त्रिविको ४५ औँ दिक्षान्त समारोहमा उनी विद्यावारिधि (पीएचडी)उपाधिबाट दीक्षित भएका हुन् ।
दिक्षान्त समारोहमा सहभागी भएर विद्यावारिधि उपाधिबाट दीक्षित हुन पाउदा हर्षित भएको भन्दै नेता भण्डारीले सामाजिक सञ्जाल फेसबुकबाट खुसी व्यक्त गरेका छन् ।
‘भुवन विश्विद्यालयको ४५औं दिक्षान्त समारोहमा सहभागी भई विद्यावारिधि उपाधिबाट दिक्षित हुन पाउदा हर्षित छु । यसले मेरो देशका घेरै अंगहरुलाई राम्रोसँग चिन्ने मौका मिल्यो। त्रिविका सम्पूर्ण पदाधिकारी, मेरा गुरूवर्ग र मलाई सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार,’ उनले लेखेका छन् ।
आज ४५ औँ दीक्षान्तमा २०७५ असार १ गतेदेखि २०७६ जेठ ३१ गतेसम्म ट्रान्सक्रिप्ट लिएका ७० हजार ७७ जना विद्यार्थीहरु दीक्षित भएका थिए । जसमा व्यवस्थापन संकायका ३ हजार ७०३ जना विद्यार्थी दीक्षित भए भने मानविकी संकायतर्फ २ हजार ९१, इञ्जिनियरिङमा १ हजार १८६, विज्ञानतर्फ १ हजार ९८ र चिकित्सातर्फ ८६४ जना विद्यार्थीहरू दीक्षित भएका छन्।
यता कानुनमा १८०, वन विज्ञानमा ३३, कृषि तथा पशु विज्ञानमा १३२, शिक्षामा ७७१, जना स्नातकोत्तर र स्नातक तह उत्तिर्ण विद्यार्थी दीक्षित भएका हुन्। यस्तै विद्यावारिधि (पीएचडी) मा ८५ र एमफिलमा ४० जना दीक्षित भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण