शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

‘इन्डियन आइडल’ मा निरुता सिंह (भिडियो)

शुक्रबार, ०४ पुस २०७६, ०८ : ५६
शुक्रबार, ०४ पुस २०७६

लामो समय नेपाली फिल्म क्षेत्रमा विताएकी अभिनेत्री निरुता सिंह भारतीय रियालीटी शो ‘इन्डियन आइडल’ मा पुगेकी छिन् ।  अभिनेत्री सिंहले बिहिबार सामाजिक सञ्जाल फेसबुकमा सानो भिडियो सार्वजनिक गर्दै उक्त कुरा बताएकी हुन् । 

उनी लामो समयदेखि मुम्बईमा बस्दै आएकी छिन् । नेपाली अभिनेत्रीको रुपमा इन्डियन आइडल शोमा पुगेकी निरुताले एकदमै राम्रो समय विताएको कुरा उल्लेख गरेकी छिन् । 

अभिनेत्री सिंहले आदित्यनारायणलाई धन्यवाद दिँदै लेखेकी छिन्, ‘इन्डियन आइडलको सेटमा राम्रो समय बिताए । आदित्य नारायणलाई धेरै धेरै धन्यवाद १’

निरुताले पछिल्लो समय मह जोडीको ‘दालभात तरकारी’ मा अभिनय गरेकी थिइन् । उनले दर्पण छायाँ, माइती, अजम्बरी नाता, ठूल्दाई, रहर जस्ता चर्चित फिल्ममा अभिनय गरेकी छिन् ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप