सात महिने बालक यसरी बने मेयर
न्यूयोर्क । अमेरिकामा सात महिनाका एक बालक एउटा सहरको मेयर बनेका छन् । यति सानो उमेरमै मेयर बन्ने उनी पहिलो व्यक्ति हुन् ।
अमेरिकाको ह्वाइटहल सहरको मेयरमा सात महिना उमेरका बालक विलियम चाल्र्स ‘चार्ली’ म्याकमिलन चयन भएका हुन् । त्यसो त उनी निर्वाचित मेयर भने होइनन् । उनलाई मानार्थ मेयर बनाइएको हो ।
उनले हालै मेयर पदको सपथ पनि लिएका छन् । उनको सपथ समारोहमा १५० जना विशिष्ट अतिथि सहभागी थिए ।
समाचार एजेन्सीहरुका अनुसार ह्वाइट हल भोलेन्टियर फायर डिपार्टमेन्टको लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले मेयर पद लिलाम गरिन्छ । बढी रकम दान गर्नेलाई मानार्थ मेयरको उपाधिसहित सपथ गराइन्छ ।
यस पटक चार्लीको नाममा बढी रकम दान गरिएको थियो । त्यसैले उनलाई मानार्थ मेयर चयन गरिएको हो ।
बोलीसमेत नफुटेका सात महिने बालक मानार्थ मेयरमा चयन भएपछि सपथमा समस्या देखिएको थियो । बोली नै नफुटेका बालकले कसरी सपथ लिने भन्ने समस्या देखिएको थियो । यद्यपि चार्ली आफ्ना अभिभावकको काखमा बसेर सपथ लिए । सपथमा उनले गर्नुपर्ने प्रतीज्ञा भने उनका आमाबुवाले सपथपत्र पढेर पुरा गरेका थिए ।
यस्तो छ सपथपत्र
म विलियम चाल्र्स म्याकमिलन प्रतिज्ञा गर्दछु कि ह्वाइटहलको मेयरको पदमा इमानदारी र आफ्नो क्षमता अनुरुप काम गर्दछु । म मानिसहरुलाई यही भन्न चाहन्छु कि खेलको मैदानमा तपाईहरु प्रेमपूर्वक व्यवहार गर्नुस्, उत्कृष्ट जीवन र सरसफाईमा ध्यान दिनुस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
पत्रकारलाई बिमा र सामाजिक सुरक्षा कोषमा जोड्दै बागमती प्रदेश सरकार
-
पूर्वाधार विकास कार्यालय बाराका प्रमुख एक वर्षमा ६ पटक फेरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण