झापामा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
शुक्रबार, ०४ पुस २०७६, १२ : ५६
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापा विर्तामोड नगरपालिका–१ स्थित पश्चिम स्टेनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
वीरगञ्जबाट काँकडभिट्टातर्फ आउँदै गरेको ना४ख ६११६ नंको बसले बाटो काट्दै गरेका इलाम नगरपालिका–२ का ५६ वर्षीय होमनाथ ढुङ्गेललाई आज विहान ठक्कर दिँदा उहाँको उपचारका क्रममा मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने बस, बसचालक पर्सा गढी नगरपालिका–९ का ३९ वर्षीय वेदबहादुर सुवेदीलाई इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
-
खिम्ती जलविद्युत् केन्द्रको स्वामित्व हस्तान्तरणका लागि प्राधिकरणद्वारा वार्ता समिति पुनर्गठन
-
विधि विज्ञान प्रयोगशाला विधेयकबारे आगामी बैठकमा विज्ञहरूसँग छलफल गर्ने संसदीय समितिको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण