पुस २७ गते सार्वजनिक बिदा दिन राप्रपाको माग
शुक्रबार, ०४ पुस २०७६, १९ : ०९
काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पुस २७ गते सार्वजनिक विदा दिन माग गरेको छ । शुक्रबार बसेको पार्टीको केन्द्रीय पदाधिकारी र कार्यसम्पादन समितिको बैठकले पुस २७ गने राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्ती भव्य रुपमा मनाउने निर्णय गर्दै सो माग गरेको हो ।
बैठकले यो विषयमा प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र दिने र संसदमा पनि आवाज उठाउने निर्णय गरेको छ भने केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा भव्य रुपमा मनाउने भएको छ ।
बैठकले हालै सम्पन्न प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचनको समीक्षा,संगठन सुदृढिकरण लगायतका समीक्षा समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण