पुस १२ देखि १६ गतेसम्म पोखरा सडक महोत्सव हुने
कास्की । रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराले पोखरा सडक महोत्सव आयोजना गर्ने भएको छ । पोखराको पर्यटन प्रवद्र्धन र विकासमा सहयोग पुर्याउने उद्देश्यसहित रेबान पोखराले पुष १२ देखि १६ गते सम्म ‘२१ औं पोखरा सडक महोत्सव २०१९/२०’ आयोजना गर्न लागेको हो । रेबान पोखराले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महोत्सव आयोजना गर्न लागिएको जानकारी गराएको हो ।
सम्मेलनमा सडक महोत्सवका संयोजक तथा रेस्टुरेन्ट एण्ड बार एसोसिएसन (रेबान) पोखराका उपाध्यक्ष लक्ष्मण बरालले सातै प्रदेश र पोखरा सेरोफेरोका साँस्कृतिहरु महोत्सवको मुख्य आकर्षण हुने बताए । उनले ‘सडकमै खाऔं, सडकमै रमाऔं’ भन्ने नारासहित पर्यटकीय केन्द्र लेकसाइडको तीन किलोमिटर सडक क्षेत्रमा महोत्सव आयोजना गर्न लागिएको जानकारी दिए ।
महोत्सवको मुख्य आकर्षणमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक कार्यक्रम, खानाका परिकारहरु, मनोरञ्जनात्मक खेलकुद, हस्तकला प्रदर्शनी लगायत रहेको छ । महोत्सवले भ्रमण वर्ष २०२० मा सरकारले राखेको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न समेत सहयोग पु¥याउने विश्वास आयोजकको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाराग्वेली सांसदको रङ्गभेदी टिप्पणीमाथि खनिए एम्बाप्पे, फ्रेन्च फुटबल महासङ्घ अदालत जाने
-
तीन दशक सत्ता चलाउनेहरू सय दिनको सरकारसँग हिसाब माग्दै छन् : पराजुली
-
जितको खुसीयाली मनाउँदा चोट, हेन्डरसनको नाडीको शल्यक्रिया गरिने
-
शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा स्वास्थ्य बीमा कार्यक्रम पुनः सञ्चालनमा
-
चिकित्सा शिक्षा आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न डा केसीको माग, नभए असार २५ देखि सत्याग्रह गर्ने चेतावनी
-
देशका मुख्य राजमार्गहरू बाढी र पहिरोले अवरुद्ध, कुन सडकको अवस्था कस्तो छ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण