काँग्रेस सांसद शाहद्वारा अभिनेतामाथि कुटपिट
बुटवल । कपिलवस्तुको कृष्णनगरमा नेपाली काँग्रेसका नेता तथा क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य अभिशेकप्रताप शाहले गत निर्वाचनमा राप्रपाबाट उमेदवार रहेका र चलचित्रका अभिनेता समेत रहेका श्यामकुमार मिश्रालाई आफ्नै घरमा बोलाएर निर्घात कुटपिट गरेका छन् ।
आफ्ना गाडी चालक शशि कस्यपलाई बोलाउन पठाएपछि सांसद शाहका घरमा पुगेका मिश्रालाई कोठाभित्र थुनेर शाह र ड्राइभर कस्यपले मरणासन्न हुनेगरी कुटपीट गरेको पीडित पक्षका आफन्तले जानकारी दिएका छन् । मरणासन्न हुनेगरी कुटपिटपछि सांसद शाहका ड्राइभरले उनलाइ गाडीमा राखेर कृष्णनगर बजारको सडकमा ल्याएर छाडेका थिए ।
स्थानीयतले घाइते मिश्रको उद्दार गरी बहादुरगञ्ज पठाएको र उनको अवस्था गम्भीर देखेपछि बुटवल रिफर गरिएको बताइएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक दिपशम्शेर जबराले मिश्राले सांसद शाह र उनका ड्राइभरले कुटपिट गरेको भन्ने जानकारी प्रहरीमा आएको बताए । मिश्राको नाक र मुखबाट रगत बगेको र उपचार भइरहेको तर कतैबाट उजुरी नपरेको एसपी जबराले बताए ।
शाहका ड्राइभर फरार रहेकाले पक्राउ गर्न नसकिएको एसपी जबराले बताए । कृष्णनगरमा रहेका सांसद शाहको घरमै पुुगेका मिश्र र सांसद शाहबीच केहिबेर गाली गलौज समेत चलेको परिवारिक स्रोतले जनाएको छ ।
सांसद शाहले भने हिँजो साँझ आफ्नो ड्राइभर र उनीबीच कुट्पिट भएको तर आफुले न कुटेको भन्दै विज्ञप्ति निकालेका छन् । आफुसँग भनाभन मात्रै भएको उनको जिकिर छ । घटनाबारे सांसद शाहसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानसँगको युद्धका क्रममा अजरबैजानमा इजरायलले गरेको थियो गोप्य सेना तैनाथ
-
‘ऐँजेरु’को संज्ञा दिँदै धवलशमशेरमाथि खनिए राजेन्द्र लिङ्देन
-
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
-
रास्वपाद्वारा वडामा ६३ र पालिकामा ६८ प्रतिशत अधिवेशन सम्पन्न (विवरणसहित)
-
स्ववियुको प्रतिनिधित्व हटाउने अध्यादेशविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण