शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

उद्योग सचिवले झूट बोलेको भन्दै लेखा समिति सभापतिले यसरी झपारे

सोमबार, ०७ पुस २०७६, १२ : ३३
सोमबार, ०७ पुस २०७६

काठमाडौं । ओपीसी सिमेन्टको गुणस्तरको विषयलाई लिएर सार्वजनिक लेखा समितिले उद्योग मन्त्रालय र गुणस्तर विभालाई बोलाएर छलफल गरेको छ । 

छलफलको क्रममा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवले झूट बोलेको भन्दै लेखा समितिका सभापतिले झपारेका छन् । 

उद्योग सचिव यम कुमारी खतिवडाले परिमार्जित मापदण्ड तयार भएपनि कार्यान्वयन गरिनसकिएको बताएपछि सभापति भरत साहले झपारेका हुन् । 

‘सचिवज्यू समितिलाई गुमराहमा राख्न नखोज्नुहोस्, मन्त्रालयले के गर्दैछ, विभागले के गर्दैछ भन्ने कुरा समितिलाई थाहा हुन्छ । यसरी झुक्याउने प्रयास नगर्नुहोस् । अन्यथा अख्तियार आकर्षित होला’, सचिवलाई झपार्दै साहले भने । 

समितिमा खतिवडाले उक्त परिमार्जित मापदण्डको फाइल अहिले तयार भएको तर संसदबाट पारित नभई सकेको र राजपत्रमा समेत प्रकाशित नभएकाले लागू भइनसकेको बताएकी थिइन् । 

तर उक्त मापदण्ड लागू गर्न मन्त्रालयले गुणस्तर विभागलाई पत्रचार गरिसकेको छ ।

यता विभागले समेत पश्चिमी क्षेत्रका चुन ढुंगा खानीहरुमा एमजीओको मात्रा बढी हुने र उद्योगीहरुको खर्च कसरी कम गर्न सकिन्छ भनेर गृहकार्य गरिरहेको बताएको छ । 

गत असार १८ गते ओपीसी सिमेन्टमा अघुलनशील तत्व आईआर र एमजीओको मात्रा २–६ प्रतिशतसम्म लैजान सकिने भएको थियोे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप