उद्योग सचिवले झूट बोलेको भन्दै लेखा समिति सभापतिले यसरी झपारे
काठमाडौं । ओपीसी सिमेन्टको गुणस्तरको विषयलाई लिएर सार्वजनिक लेखा समितिले उद्योग मन्त्रालय र गुणस्तर विभालाई बोलाएर छलफल गरेको छ ।
छलफलको क्रममा उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवले झूट बोलेको भन्दै लेखा समितिका सभापतिले झपारेका छन् ।
उद्योग सचिव यम कुमारी खतिवडाले परिमार्जित मापदण्ड तयार भएपनि कार्यान्वयन गरिनसकिएको बताएपछि सभापति भरत साहले झपारेका हुन् ।
‘सचिवज्यू समितिलाई गुमराहमा राख्न नखोज्नुहोस्, मन्त्रालयले के गर्दैछ, विभागले के गर्दैछ भन्ने कुरा समितिलाई थाहा हुन्छ । यसरी झुक्याउने प्रयास नगर्नुहोस् । अन्यथा अख्तियार आकर्षित होला’, सचिवलाई झपार्दै साहले भने ।
समितिमा खतिवडाले उक्त परिमार्जित मापदण्डको फाइल अहिले तयार भएको तर संसदबाट पारित नभई सकेको र राजपत्रमा समेत प्रकाशित नभएकाले लागू भइनसकेको बताएकी थिइन् ।
तर उक्त मापदण्ड लागू गर्न मन्त्रालयले गुणस्तर विभागलाई पत्रचार गरिसकेको छ ।
यता विभागले समेत पश्चिमी क्षेत्रका चुन ढुंगा खानीहरुमा एमजीओको मात्रा बढी हुने र उद्योगीहरुको खर्च कसरी कम गर्न सकिन्छ भनेर गृहकार्य गरिरहेको बताएको छ ।
गत असार १८ गते ओपीसी सिमेन्टमा अघुलनशील तत्व आईआर र एमजीओको मात्रा २–६ प्रतिशतसम्म लैजान सकिने भएको थियोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखाबाट खैरो हिरोइनसहित एक जना पक्राउ
-
सुदूरपश्चिम प्रदेशमा यस्तो बन्यो पुनर्गठित मन्त्रिपरिषद् (सूचीसहित)
-
रुकुम पश्चिममा ब्राउन सुगरसहित दुई जना पक्राउ
-
फेवातालका डुङ्गा चालक र यात्रुको पहिलोपटक बिमा
-
रौतहट दुर्घटना : मृतकको पहिचान खुल्यो
-
१० बजे १० समाचार : १० सचिवको सरुवा, ट्राफिक नियम उल्लङ्घनमा हर्क सम्पाङलाई कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण