मेस्सीलाई उछिने लेवान्डोस्कीले, बने सर्वाधिक गोल गर्ने खेलाडी
जर्मन क्लब बायर्न म्युनिखका स्ट्राईकर रोबर्ट लेवान्डोस्की सन् २०१९ मा सर्वाधिक गोल गर्ने खेलाडी बनेका छन् । विश्व फुटबलमा शीर्ष श्रेणी खेल्ने खेलाडीमा लेवान्डोस्की अगाडी आएका हुन् ।
पोल्यान्ड राष्ट्रिय टोलीका उनले राष्ट्र र क्लबका लागि कूल ५४ गोल गरेका छन् । उनले ५८ खेलबाट ५४ गोल पुर्याएका हुन् । यसअघि शीर्ष स्थान कब्जा गर्दै आएका अर्जेन्टिना एवं बार्सिलोनाका स्टार लियोनल मेस्सी दोस्रो स्थानमा छन् । मेस्सीले कूल ५० गोल गरेका छन् । मेस्सीले पनि ५८ खेलबाट ५० गोल पूरा गरेका हुन् । कोपा अमेरिका कपमा रेफ्री र आयोजक माथि खनिएका मेस्सीले तीन महिनाको कारबाही भोगेका कारण राष्ट्रिय टोलीबाट चार खेल्न पाएनन् । त्यसको फाइदा पनि लेवान्डोस्कीलाई भयो ।
अन्यथा यसअघि शीर्ष स्थानमा प्राय क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीकै दबदबा रहँदै आएको थियो । सन् २००९ मा एडिन जेको र सन् २०१७ मा ह्यारी केनले शीर्ष स्थान ओगटेका थिए । त्यसबाहेक पछिल्लो दशक मेस्सी र रोनाल्डोकै राज चलेको थियो ।
यसपटक तेस्रो स्थानमा फ्रान्स एवं पीएसजीका स्टार केलियन एमबाप्पे छन् । एमबाप्पेले ४९ खेलबाट ४४ गोल गरे । चौथो स्थानमा म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङ छन् । रहिमले ४१ गेल गरेका छन् । पाँचौं स्थानमा पोर्चुगलल एवं इटालियन महारथि युभेन्ट्सका सुपर स्टार रोनाल्डो अटाए । उनले ५० खेल खेल्दै ३९ गोल गरेका छन् । युरोपियन फुटबल बाहिर चिनियाँ क्लब गोन्झाउका स्ट्राईकर एरान जहाभीले सर्वाधिक ४० गोल गरेका छन् । एरान इजरायलका नागरिक हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण