शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मकवानपुरमा धुवाँको मुस्लो : नागरिक उड्डयन भन्छ ‘कुनै विमान दुर्घटना भएको छैन’

बुधबार, ०९ पुस २०७६, १३ : ५०
बुधबार, ०९ पुस २०७६

काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाको बीचमा ठूलो आगोको मुस्लो देखिएको भन्दै विमान दुर्घटनाको आशंका गरिएपनि त्यसमा सत्यता नभएको नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपालमा सञ्चालन हुने सबै विमान अहिले सम्पर्कमै रहेका छन् । त्यसक्षेत्रमा कुनै पनि विमान वा हेलिकप्टर दुर्घटना नभएको प्रवक्ता क्षेत्रीले बताए ।

उनले भने ‘अहिले मकवानपुरमा दुर्घटना भयो भनेर हल्ला भएको रहेछ । त्यो पूरै गलत सूचना हो । हाम्रा सबै विमान र हेलिकप्टरहरु सम्पर्कमै छन् । त्यहाँ कसैले आगो लगाएको होला, तर त्यहाँ कुनै विमान दुर्घटनामा परेको छैन ।’

आगो लागेको स्थानमा यतिबेला प्रहरीको टोली जाँदै गरेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप