मकवानपुरमा धुवाँको मुस्लो : नागरिक उड्डयन भन्छ ‘कुनै विमान दुर्घटना भएको छैन’
बुधबार, ०९ पुस २०७६, १३ : ५०
१
काठमाडौँ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका र बकैया गाउँपालिकाको बीचमा ठूलो आगोको मुस्लो देखिएको भन्दै विमान दुर्घटनाको आशंका गरिएपनि त्यसमा सत्यता नभएको नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार नेपालमा सञ्चालन हुने सबै विमान अहिले सम्पर्कमै रहेका छन् । त्यसक्षेत्रमा कुनै पनि विमान वा हेलिकप्टर दुर्घटना नभएको प्रवक्ता क्षेत्रीले बताए ।
उनले भने ‘अहिले मकवानपुरमा दुर्घटना भयो भनेर हल्ला भएको रहेछ । त्यो पूरै गलत सूचना हो । हाम्रा सबै विमान र हेलिकप्टरहरु सम्पर्कमै छन् । त्यहाँ कसैले आगो लगाएको होला, तर त्यहाँ कुनै विमान दुर्घटनामा परेको छैन ।’
आगो लागेको स्थानमा यतिबेला प्रहरीको टोली जाँदै गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण