बुहारी हत्याको आरोपमा जेठाजु पक्राउ
जनकपुर । धनुषामा खुकुरी प्रहार गरी बुहारीलाई हत्या गरेको आरोपमा जेठाजु पक्राउ परेका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २१ स्थित कुर्था घर भएकी अन्दाजी ३८ बर्षिया रानी देवीलाई हत्या गरी फरार भएका नातामा जेठाजु पर्ने अन्दाजी ४२ वर्षीय श्रीप्रसाद पंजियारलाई प्रहरीले पक्राउपछि बिहीबार सार्वजनिक गरेको हो ।
पंजियारले रानीलाई बुधबार खुकुरी प्रहार गरेर गम्भिर घाइते बनाएका थिए । उनको उपचारका क्रममा निधन भइसकेको छ भने पंजियारलाई गएराति नै पक्राउ गरेको हो । बुधबार दिउँसो करिब २ बजे श्रीप्रसाद रानीलाई धारिलो हतियार प्रहार गरी फरार भएका थिए ।
अभियूक्तलाई उपमहानगरपालिका वडा नम्बर १ स्थित रेल्वे ट्रयाकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यलय धनुषाका प्रहरी उपरिक्षक रमेश बस्नेतले जानकारी दिए । आर्थिक लेनदेन र जग्गा विवादले उग्ररुप लिँदा श्रीप्रसादले बुहारीमाथि आक्रमण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
मृतक रानीका श्रीमान् मिश्री पंजियार वैदेशिक रोजगारीका क्रममा ३ वर्षदेखि मलेसियामा छन् । मृतकका २ छोरा र २ छोरी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण