सभामुख टुंगो लगाउन नेकपालाई सकस, तुम्बाहाम्फेको विपक्षमा ओली
शुक्रबार, ११ पुस २०७६, ०६ : ४६
नेपाल कम्युनिष्ट पार्टीलाई नयाँ सभामुखको उम्मेदवार टुंगो लगाउन सकस भएको छ । आज शुक्रबारका लागि प्रतिनिधिसभाको बैठक बोलाइए पनि नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।
सभामुख बन्नुपर्ने अडान उपसभामुख शिवमाया तुम्बाहाम्फेले राखेकी छन् । तर, प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङलाई बनाउनुपर्ने पक्षमा रहेका छन् ।
भने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अग्नि सापकोटालाई सभामुख बनाउनुपर्ने अडानमा रहेका छन् ।
निर्णय गर्ने ठाउँमा रहेका अध्यक्षद्वयले नै आ–आफ्नो अडान राखेपछि सभामुख चयनमा सहमति जुट्न सकेको छैन । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण