मेची–महाकाली रेल मार्गः निजगढ–बर्दिबास खण्डमा मुआब्जा वितरण सुरु
शुक्रबार, ११ पुस २०७६, ०७ : १९
१
मेची–महाकाली विद्युतीय रेल मार्ग अन्तर्गत निजगढ–बर्दिबास खण्डमा ट्र्याक निर्माण कार्यका लागि सरकारले रौतहटमा अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरण सुरु गरेको छ ।
रेल तथा मेट्रो विकास आयोजना सिमरा बर्दिबास खण्ड साइट कार्यालय बर्दिबासबाट मुआब्जा दिन सुरु गरेको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटले दिएको जानकारीअनुसार रेल मार्गमा पर्ने जिल्लाको ५० बिघा अर्थात ३३० कित्ताभन्दा बढी जग्गा अधिग्रहण गरिएको छ ।
जसमध्ये प्रक्रिया पूरा भएका जग्गाधनीलाई मुआब्जाबापतको रकम साइट कार्यालय बर्दिबासबाट वितरण सुरु भइसकेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीमा शर्माले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण