परवेज मुशर्रफद्वारा लाहोर उच्च अदालतमा पुनरावेदन
इस्लामावाद । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले विशेष अदालतको फैसलाविरूद्ध शुक्रबार लाहोर उच्च अदालतमा मुद्दा पुनरालोकनका लागि निवेदन दर्ता गरेका छन् ।
उनलाई विशेष अदालतले यही डिसेम्बर १९ मा पाकिस्तानको संविधानको धारा ६ अनुसार देशद्रोहको अभियोगमा मृत्युदण्डको फैसला सुनाएको थियो । पूर्व सैनिक शासक मुशर्रफले आफूमाथि प्रतिशोधका कारण उक्त फैसला आएको धारणा आफ्ना वकीलमार्फत् यस पहिले नै राखेका थिए ।
पाकिस्तानी इतिहासमा सैनिक प्रमुखका हैसियतमा काम गरिसकेका कुनै व्यक्तिमाथि देशद्रोह अभियोग अदालतबाट पुष्टि भएको यो पहिलो घटना हो ।
पूर्व सैनिक प्रमुखले आफ्ना कानूनी सल्लाहकारसमेत रहेका अधिवक्ता अजहर सिद्दिकीमार्फत ८६ पाना लामो निवेदन गरेका हुन् ।
निवेदनमाथि सुनुवाईका लागि न्यायाधीश मजाहिर अलि अक्बर नाक्वीको नेतृत्वमा आगामी जनवरी ९ मा इजलास हुनेछ । निवेदनमा विशेष अदालतको फैसलामा ‘असङ्गतपूर्ण र विरोधाभाषपूर्ण’ भनाइहरू आएको बताइएको छ ।
निवेदनमा मुशर्रफमाथि लागेको अभियोगमाथि सुनुवाईका लागि अपराध कार्यविधि ऐनको ३४२ भागलाई पृथक राखी मृत्युदण्ड दिइएको भनी विशेष अदालतको आदेश त्रुटिपूर्ण रहेको उल्लेख गरिएको छ ।
मुशर्रफविरूद्ध सन् २००७ को नोभेम्बर ३ मा पाकिस्तानी सविधानलाई डिसेम्बर १५ सम्म निलम्वन गरी पाकिस्तानमा सङ्कटकाल लगाएको र उक्त घटना पाकिस्तानी कानून अनुसार देशद्रोही भएको दावीसहित सन् २०१३ मा अभियोग दर्ता गरिएको थियो । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बच्चालाई होइन पहिला आफूलाई सम्हालुन् आमा–बुबा
-
ब्राउन सुगरसहित दुई जना पक्राउ
-
तस्बिरमा हेर्नुहोस् प्रकृतिको सुन्दर उपहार भाङ्गे झरना
-
चलचित्र ‘बा : एक योद्धा’को टिजर सार्वजनिक
-
अमेरिकाको टेक्सासमा आईसीईको गोलीबाट मारिएका आप्रवासीका छोराहरूको पीडा : ‘हाम्रा बुबाका लागि न्याय चाहिन्छ’
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण