अत्याधिक चिसोको कारण धनुषाका विद्यालय एक सातालाई बन्द
सोमबार, १४ पुस २०७६, ११ : ४८
जनकपुर । अत्याधिक चिसो बढेपछि धनुषाका विद्यालयहरु सोमबारदेखि एक साताका लागि बन्द गरिएको छ ।
विगत केही दिनदेखि निरन्तर चिसो बढेर शीतलहर हुन थालेपछि जिल्ला शिक्षा विकास तथा समन्वय इकाई समिति धनुषाले विद्यालयहरु ५ दिन बन्द गर्नुपरेको बताएको छ ।
जिल्ला शिक्षा समन्वय ईकाइ धनुषाका प्रमुख बरखु प्रसाद रजकले अत्याधिक बढेको चिसोले विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुनाले जिल्लाका विद्यालयमा विदाको दिने घोषणा गरेको जानकारी दिए ।
त्यस्तै प्याबसन र एन–प्याबसन धनुषाले ३ दिनसम्म निजी विद्यालयहरुमा विदाको घोषणा गरेका छन् । निजी विद्यालयहरुले पुस १४ गते सोमबारदेखि १६ गते बुधबारसम्म बिदा दिने निर्णय गरेको जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण