सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगरौं: मन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनिटरी प्याड वितरणका लागि ल्याइएको बजेट अन्यत्र प्रयोग नगर्न आग्रह गरेका छन् । सामुदायिक विद्यालयहरुका छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको शुभारम्भ गर्दै शिक्षामन्त्री पोखरेलले यो वा त्यो बाहनामा बजेट अन्यत्र प्रयोग हुन नदिन स्थानीय तहहरुलाई आग्रह गरे ।
सेनिटरी प्याडको अभावमा छात्राहरुको पढाइमा कुनै समस्या हुन नदिन आवश्यक व्यवस्था मिलाउन पनि उनले आग्रह गरे । ‘सेनेटरी प्याडकै कारणले छात्राहरुको पढाई छुट्यो भन्ने कुरा सुन्नु नपरोस् । हर हालतमा गुणात्मक शिक्षाको प्रत्याभूति गर्नैपर्छ त्यसकै लागि राज्यले यो कार्यक्रम ल्याएको हो’, उनले भने ।
मन्त्री पोखरलेले कार्यक्रम कार्यन्वयन गर्दा कसरी आत्मनिर्भर बन्न सकिन्छ भन्ने तर्फपनि ध्यान दिन आग्रह गरेका छन् । एउटा पालिकाले अर्को पालिकासँग मिलेर हुन्छ वा नीजि क्षेत्र, यो क्षेत्रमा काम गर्ने सहकारी संस्थाहरुको बीचमा पनि साझेदारीको रुपमा लैजान सके यो दिगो र टिकाउन हुने उनले बताए । मन्त्रालयले बनाएको मापदण्डभित्र रहेर उत्पादन गर्न आग्रह गर्दै मन्त्री पोखरेलले गुणात्मक रुपमा एकरति पनि कमि हुन नहुने बताए ।
नेपालका सबै सामुदायिक विद्यालयहरुमा अध्ययनरत छात्राहरुलाई निःशुल्क सेनिटरी प्याड वितरण कार्यक्रमको सोमबारबाट शुभारम्भ गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण