रोनाल्डो वर्षको उत्कृष्ट खेलाडी
सोमबार, १४ पुस २०७६, १९ : ५१
एजेन्सी । पोर्चुगल एवं इटालियन सिरि ए क्लब युभेन्ट्सका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले वर्ष २०१९ को ‘ग्लोब सकर अवार्ड’ जितेका छन् । युएईको दुबईमा आयोजना गरिएको एक विशेष कार्यक्रममा रोनाल्डोलाई बर्ष खेलाडीको अवार्ड प्रदान गरिएको छ । अवार्ड जित्ने क्रममा रोनाल्डोले बार्सिलोनाका लियोनल मेस्सी र लिभरपुलका भर्जिल भान डाइकलाई पछि पारेका थिए ।

रोनाल्डोले लगातार दोस्रो पटक यस अवार्ड जितेका हुन् । पोर्चुगल एवं एट्लेटिको म्याड्रिडका युवा स्ट्राइकर जोआ फेलिक्सले बेस्ट रेभिलेसन अवार्ड पाए । महिलातर्फ लुसी ब्रोन्ज उत्कृष्ट भईन् । उत्कृष्ट प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक जोर्गेन क्लोपले थापे । उत्कृष्ट गोलरक्षक एलिसन बेकर भए । उत्कृष्ट सकर क्लबको अवार्ड लिभरपुलले पायो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण