मुख्यमन्त्री राउतको राजीनामा माग
जनकपुर । प्रदेश नम्बर २ सरकारले गत आर्थिक वर्षमा सम्पन्न आयोजनाहरूको बक्यौता रकम भुक्तानी नगरेको भन्दै भौतिक विकास निर्माणका लागि गठित उपभोक्ता समितिहरुले प्रदेशसभा अगाडि प्रदर्शन गरेका छन् ।
धनुषा र महोत्तरी लगायतका विभिन्न ठाउँबाट जम्मा भएका उपभोक्ता समितिले मंगलबार प्रदेशसभा अगाडि सरकारको विरोधमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनका क्रममा मुख्यमन्त्री लालबाबु राउत र आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवको राजीनामा माग गर्दै नाराबाजी समेत गरिएको थियो ।
उपभोक्ता समितिको आन्दोलनमा सहभागीले प्रदेश सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको भन्दै तत्काल राजीनामा दिन माग गरेका थिए ।
उक्त आन्दोलनप्रति सत्तारुढ दल राजपाका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश यादव र राजपा सांसद उपेन्द्र महतोले समर्थन जनाएका थिए ।
प्रदेशसभा बैठकमा सहभागी हुन जाने क्रममा उनीहरूले उपभोक्ता समितिको आन्दोलनमा ऐक्यवद्धता जनाएका हुन् ।
गत आर्थिक वर्ष २०७५७६ मा प्रदेश सरकारद्वारा सञ्चालित ८ सय ४२ योजनामा ८६ करोड ५२ लाख ३० हजार ४५ रुपैयाँ भुक्तानी बाँकी रहेको समितिले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण