भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा ठमेलमा दिपावली
काठमाडौं– सन् २०२० लाई नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले ठमेलको नर्सिङ्ग चोकमा लाइटिङ तथा दिपावली गरेको छ ।
त्यसै गरि डिसेम्बर ३१ का दिन नाट्टा सचिवालय गोमा गणेश मन्दिरको प्राङ्गणमा नेपाल भ्रमण वर्ष २०२० को व्यानर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्रालयका सह–सचिव रुद्रसिंह तामाङले अनावरण गर्दै भ्रमण वर्ष सफलताको कामना सहित केक काटेका छन् ।
सो अवसरमा पर्यटन क्षेत्रका विभिन्न संघ संस्थाका पदाधिकारीहरु, नाट्टाका पूर्व अध्यक्षहरु, पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, नाट्टा कार्य समितिका पदाधिकारी र सदस्यहरु एवं संचार कर्मीहरुको उपस्थिति रहेको थियो ।
साथै सोही सन्दर्भमा नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सरिक हुन जनवरी १ का दिन दिनको १ः३० बजे ठमेल संचयकोष भवनमा भेला भई आ–आफ्नो ब्यानर तथा राष्ट्रिय झण्डा, साँस्कृतिक झाँकी, बाजा–गाजाको ¥याली सहित भ्रमण वर्ष समुद्घाटन कार्यक्रम स्थल दशरथ रंगशाला तर्फ प्रस्थान गर्ने कार्यक्रममा साथ दिन सम्पूर्ण उद्योगी व्यवसायी, पर्यटन क्षेत्रका संघ संस्था र सदस्यहरु तथा सर्वसाधारण सबैमा नाट्टाका अध्यक्ष श्री सीएन पाण्डेले अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण