वर्षेनी डुबानमा पर्ने हेटौँडा उपमहानगरमा बाँध निर्माण सुरु
वर्षेनी करीब ७०० घर डुबानमा पार्ने हेटौँडा उपमहानगरपालिकाको क्याम्पाडाँडामा रु एक करोड २५ लाखको लागतमा बाँध निर्माणकार्य सुरु भएको छ ।
बाढी–पहिरोबाट वर्षैपिच्छे हुने डुबान र पहिरोबाट मुक्त पार्न उपमहानगरपालिकाले क्याम्पाडाँडाबाट गर्दोसम्म बाँध निर्माण गर्न लागेको हो ।
उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले जनताको सेवा, सुरक्षा तथा विकास गर्नु आफ्नो दायित्व रहेको बताउँदै जनतालाई बाढीपहिरोबाट सुरक्षित गर्न आफू गम्भीर रहेको बताए ।
क्याम्पाडाँडाका रामबहादुर विष्टले ढिला भए पनि उपमहानगरपालिकाले शुरु गरेको यो काम सराहनीय भएको र छिटो सम्पन्न गरिनुपर्ने बताए । त्यस्तै हेटौँडा कर्राखोलाबाट वर्षायाममा हुने डुबान समस्या समाधान गर्न त्यहाँका जनताले माग गर्दै आएका छन् ।
यसैबीच मकवानपुर क्षेत्र नं २ मा चालू आर्थिक वर्षमा सङ्घीय सरकारको लगानीमा छ ठूला पक्की पुल निर्माणकार्य शुरु भएको छ । सङ्घीय सरकारले चालू आवको बजेटमार्फत छ पुल निर्माण गर्न लागेको हो । पुल अभावका कारण समस्या झेल्दै आएका स्थानमा मकवानपुर क्षेत्र नं २ का सांसद विरोध खतिवडाको विशेष पहलमा पक्की पुल निर्माण गर्न लागिएको हो ।
स्थानीय क्षेत्रमा खोला तर्न वर्षौँदेखि समस्या भोग्दै आएका नागरिकको सहुलियतका लागि सङ्घीय सरकारले उक्त पुल निर्माण गर्न लागेको हो ।
सङ्घीय सरकारको करीब रु एक अर्बको लागतमा छ स्थानीय तहमा उक्त पुल निर्माण गर्दा हजारौँ नागरिकलाई फाइदा पुग्ने कैलाश गाउँपालिकाका राम हुमागाईँले बताए । केही पुलको बोलपत्र आह्वान भइसकेको छ भने केहीको निर्माणकार्य सुरु भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकको टेम्पो भिरबाट खसालिएको घटनाप्रति प्रगतिशील लोकतान्त्रिक पार्टीको आपत्ति, कारबाहीको माग
-
रियो दि जेनेरियोमा दुई हेलिकप्टर ठोक्किँदा ६ जनाको मृत्यु
-
प्रतिनिधि सभा बैठकमा विपक्षीहरूको विरोध
-
संघाई समूह र इलाम नगरपालिकाबीच जुहारी : चिया बगान उजाड, ब्रिटिसकालको मेसिनको अत्तोपत्तो छैन
-
इरान-अमेरिका शान्ति सम्झौताबारे सहमति पछि विश्वका नेताहरुले के भने ?
-
केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट १२ लाख आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण