मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नयाँ वर्षको पूर्वसन्ध्यामा उपत्यकामा २११ जना चालक मापसे कारवाहीमा

बुधबार, १६ पुस २०७६, १० : ०१
बुधबार, १६ पुस २०७६

काठमाडौँ । नयाँ वर्ष सन् २०२० को स्वागत र २०१९ को बिदाइका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २११ चालकमाथि कारवाही गरेको छ ।

‘न्यू इयर इभ’ का नाममा मापसे गर्ने प्रवृत्ति बढेसँगै ट्राफिक प्रहरीले मंगलबार चेकजाँचमा कडाइ गरेको थियो । सोही क्रममा राजधानीका विभिन्न स्थानमा २११ चालकलाई मापसे गरेर सवारी चलाएको अवस्थामा फेला पारेर कारवाही गरेको हो ।

अन्य दिनको तुलनामा मङ्गलबार मापसे गरी सवारी चलाउने चालक उल्लेख्य फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ‘न्यू इयर इभ’ मनाउने क्रममा मंगलबार धेरैजसो मापसे फन्दामा परेका हुन् । अन्य दिनको तुलनामा मंगलबार मापसे कारवाहीमा पर्ने चालकको संख्या औसत दोब्बरभन्दा बढी हो ।

महाशाखाका अनुसार पुस १२ गते ९७ जना, १३ गते ७८ जना र १४ गते ७४ जना मापसे कारवाहीमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप