नयाँ वर्षको पूर्वसन्ध्यामा उपत्यकामा २११ जना चालक मापसे कारवाहीमा
काठमाडौँ । नयाँ वर्ष सन् २०२० को स्वागत र २०१९ को बिदाइका क्रममा ट्राफिक प्रहरीले मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने २११ चालकमाथि कारवाही गरेको छ ।
‘न्यू इयर इभ’ का नाममा मापसे गर्ने प्रवृत्ति बढेसँगै ट्राफिक प्रहरीले मंगलबार चेकजाँचमा कडाइ गरेको थियो । सोही क्रममा राजधानीका विभिन्न स्थानमा २११ चालकलाई मापसे गरेर सवारी चलाएको अवस्थामा फेला पारेर कारवाही गरेको हो ।
अन्य दिनको तुलनामा मङ्गलबार मापसे गरी सवारी चलाउने चालक उल्लेख्य फेला परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार ‘न्यू इयर इभ’ मनाउने क्रममा मंगलबार धेरैजसो मापसे फन्दामा परेका हुन् । अन्य दिनको तुलनामा मंगलबार मापसे कारवाहीमा पर्ने चालकको संख्या औसत दोब्बरभन्दा बढी हो ।
महाशाखाका अनुसार पुस १२ गते ९७ जना, १३ गते ७८ जना र १४ गते ७४ जना मापसे कारवाहीमा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिकसँगको प्रत्यक्ष संवादका लागि झापाका गाउँटोलमा रास्वपा सांसद
-
हाइड्रोजन सवारीसम्बन्धी नीति बनाउन सरकारले माग्यो सुझाव
-
ऊर्जामन्त्रीसमक्ष विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीको शपथ
-
कृषि उद्यम गर्ने युवालाई कृषि ऋणमा ब्याज अनुदान
-
सम्पत्ति शुद्धीकरण विभागद्वारा सात वटा मुद्दा दायर, एक खर्ब १८ अर्ब बिगो दाबी
-
तीनवटा संसदीय समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण