प्रदेश नम्बर २ मा राष्ट्रियसभा सदस्यमा ४ पदका लागि निर्वाचन हुने
जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेश नम्बर २ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।
मंगलबार जनकपुरमा धनुषा जिल्ला अदालतका न्यायधीश एवं मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले सो कार्यालयको समुद्घाटन गरेका हुन् ।
निर्वाचन आयोगले आगामी माघ ९ गते प्रदेश २ मा ४ जना राष्ट्रियसभा सदस्यका लागि हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।
आयोगले पुस १७ गते मतदाता नामावली प्रकाशन गर्ने, १८ पुसमा अन्तिम नामावली प्रकाशन गरी २० पुसमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, २५ पुसमा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र माघ ९ गतेका दिन बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म मतदान सञ्चालन गर्ने गरी निर्वाचनको कार्यतालिका तयार पारेको मुख्य निर्वाचन अधिकृत राजु कुमार खतिवडाले बताए ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख तथा प्रदेश सभाका सदस्य मतदाता रहने व्यवस्था छ ।
यस निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी देशभरिमा जम्मा १ हजार ५ सय ६ जना तथा प्रदेशसभाका ५ सय ५० सदस्य गरी कुल २ हजार ५६ जना मतदाता रहेको मुख्य निर्वाचन अधिकृत खतिवडाले जानकारी दिए ।
प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको मतभार १८ छ ।
जसअनुसार १ सय ३६ स्थानीय तह रहेको प्रदेश २ मा स्थानीय तहबाट २ सय ७२ र प्रदेश सभाबाट १ सय ७ गरी ३ सय ७९ मतदाता हुनेछन्।
प्रदेश २ मा स्थानीय तहको मतभार ४ हजार ८ सय ९६ छ भने प्रदेश सभा सदस्यको मतभार ५ हजार १ सय ३६ रहेको छ। प्रदेश २ को कुल मतभार १० हजार ३२ रहेको उनले बताए । प्रदेश २ मा सबैभन्दा बढी मतभार छ ।
यता राष्ट्रिय सभा सदस्य पदका लागि नेकपा र राजपाले गठबन्धन गरेपछि २ पद नेकपा र राजपाले २ पद बाँडफाँड गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण