हवाई मार्ग हुँदै जनकपुरधाम आउने पर्यटकलाई स्वागत
जनकपुर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज जनकपुरमा विभिन्न कार्यक्रम आयोजन गरेर भ्रमण वर्ष २०२० को औपचारिक रुपमा सुरुवात भएको छ ।
आज हवाइमार्गबाट काठमाडौँदेखि जनकपुर पुगेका पर्यटकहरुलाई जनकपुर विमानस्थलमा फूलको माला लगाइ स्वागत गरिएको छ ।
भ्रमण वर्ष २०२० को पहिलो दिन जनकपुर आउने पाहुनाहरुलाई उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कँडेलले स्वागत गरेका थिए ।

आजदेखि विधिवत भ्रमण वर्ष सुरु भएको र आ–आफ्नो स्थानबाट सघाउन सबैलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले आग्रह गरे ।

आज प्रदेश–२ को आठ जिल्लाको प्रायः सबै सदरमुकाममा भ्रमण वर्षलाई केन्द्रीत गरेर कार्यक्रमहरु आयोजन गरिएको भिजिट नेपाल २०२० प्रदेश समन्वय समितिका संयोजन मनिष झाले जनाए ।

यता, आज विहान जनकपुरको दुधमति किनारमा वृक्षारोपण गरिएको हो ।

आज दिउँसो दुई बजे जनकपुरधाम स्थित जानकी मन्दिरमा २०२० ओटा बेलुन उडाउने, २०२० ओटा माला, फलफूल मन्दिरमा चढाउने समेत कार्यक्रम रहेको छ ।
आजै साँझ २०२० वटा दीप बालेर जानकी मन्दिर प्राङ्गणमा दिपावली समेत मनाउने र जानकी मंदिर प्रांगणमा हुने कार्यक्रममा प्रदेशका पर्यटनमन्त्री रामनरेश रायले नेतृत्व गर्ने प्रदेश २ समन्वय समितिले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण