हवाई मार्ग हुँदै जनकपुरधाम आउने पर्यटकलाई स्वागत

जनकपुर । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज जनकपुरमा विभिन्न कार्यक्रम आयोजन गरेर भ्रमण वर्ष २०२० को औपचारिक रुपमा सुरुवात भएको छ ।
आज हवाइमार्गबाट काठमाडौँदेखि जनकपुर पुगेका पर्यटकहरुलाई जनकपुर विमानस्थलमा फूलको माला लगाइ स्वागत गरिएको छ ।
भ्रमण वर्ष २०२० को पहिलो दिन जनकपुर आउने पाहुनाहरुलाई उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालयका सचिव डाक्टर प्रेम नारायण कँडेलले स्वागत गरेका थिए ।
आजदेखि विधिवत भ्रमण वर्ष सुरु भएको र आ–आफ्नो स्थानबाट सघाउन सबैलाई धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले आग्रह गरे ।
आज प्रदेश–२ को आठ जिल्लाको प्रायः सबै सदरमुकाममा भ्रमण वर्षलाई केन्द्रीत गरेर कार्यक्रमहरु आयोजन गरिएको भिजिट नेपाल २०२० प्रदेश समन्वय समितिका संयोजन मनिष झाले जनाए ।
यता, आज विहान जनकपुरको दुधमति किनारमा वृक्षारोपण गरिएको हो ।
आज दिउँसो दुई बजे जनकपुरधाम स्थित जानकी मन्दिरमा २०२० ओटा बेलुन उडाउने, २०२० ओटा माला, फलफूल मन्दिरमा चढाउने समेत कार्यक्रम रहेको छ ।
आजै साँझ २०२० वटा दीप बालेर जानकी मन्दिर प्राङ्गणमा दिपावली समेत मनाउने र जानकी मंदिर प्रांगणमा हुने कार्यक्रममा प्रदेशका पर्यटनमन्त्री रामनरेश रायले नेतृत्व गर्ने प्रदेश २ समन्वय समितिले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?
-
इटालियन सिरी’एमा एसी मिलान विजयी
-
प्रिमियर लिगमा ३५ औं चरणका खेल पुरा, क्रिष्टल र नटिङघमले अंक बाँडे
-
घट्यो अमेरिकी डलरको मूल्य, अन्य विदेशी मुद्राको दरभाउ कति ?
-
राष्ट्रिय विभूति सीताको उत्पत्ति दिवस मनाइँदै