भ्रमण वर्षः ‘राइड टु निजगढ’
बारा । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा बाराको निजगढमा ‘राइड टु निजगढ’ कार्यक्रम भएको छ । नेपाल भ्रमण वर्ष २०२० जिल्ला समन्वय समिति बारा र होटल तथा पर्यटन व्यवसायी सङ्घको आयोजनामा कार्यक्रम भएको हो ।
‘राइड टु निजगढ’मा करिब ६० वटा साइकल, २०० मोटरसाइकल, पाँच वटा सफारीका साथमा करिब ३०० जनाले सहभागिता जनाएको भ्रमण वर्ष जिल्ला समन्वय समितिका सदस्य महेश्वर अधिकारीले जानकारी दिए । ‘राइड टु निजगढ’ले नगरका १३ वटै वडाको करिब ७० किलोमिटर भ्रमण गरेको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत निजगढ बजारमा ‘राइड टु निजगढ’लाई परम्परागत रुपमा झाँकी, पञ्चेबाजा, स्काउट र एनसिसीले स्वागत गरेको होटल तथा पर्यटन व्यवसायी सङ्घ निजगढका उपाध्यक्ष रामकृष्ण घिमिरेले बताए । बारा जिल्ला प्रदेश नम्बर २ कै पर्यटकीय क्षेत्र भएका कारण पनि यस कार्यक्रमले पर्यटन वर्षको महत्व बढेको निजगढ नगरपालिकाका प्रमुख सुरेशकुमार खनालले बताए ।
पर्यटन वर्षको शुरुआतस्वरुप निस्किएको साइकलयात्रामा सिमराबाट ३० जनाको टोली निजगढ आएको छ । निजगढको पर्यटकीयस्थलको भ्रमणसँगै आज अमलेखगञ्जमा आयोजना हुने समारोहमा साइकलयात्री सहभागी हुने कार्यक्रम रहेको छ । उता हेटौँडाबाट पनि एक साइकलयात्रीको टोली अमलेखगञ्ज समारोहमा सहभागी हुने भिजिट नेपाल २०२० का प्रदेश सचिवालय सदस्य मोहन शर्मा लामिछानेले बताए ।
साइकलयात्रीको स्वागतमा विभिन्न पर्यटन अभियन्ता, प्रदेश सांसद, राजनीतिक दलका नेता कार्यकर्ता, समाजसेवी, स्थानीयलगायतको उपस्थिति रहेको थियो । अमलेखगञ्जलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न सकिने विभिन्न सामग्री प्रदर्शन गरिने कार्यक्रम रहेकोसमेत सचिवालय सदस्य तथा पर्यटन अभियन्ता लामिछानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण