बैंकका सीईओ, नेता, व्यापारी र प्रशासक नै उच्च निगरानीमा
बिहीबार, १७ पुस २०७६, ०७ : ३६
सम्पत्ति शुद्धिकरण गरी वित्तीय अपराध गर्नेहरुमा केही बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ), राजनीतिक दलका नेता, प्रशासक तथा राजस्व छली गर्ने उच्च तहका व्यापारीहरुको अत्यधिक संलग्नता रहेको भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा उजुरी आउने क्रम बढेको छ ।
विभागमा परेका विभिन्न उजुरी र विभागले गरेको अनुसन्धानका क्रममा गैरकानुनी रुपमा आर्जित कालो धनलाई शुद्धीकरण गर्ने कार्यमा केही बैंकका सीईओ, सञ्चाल, उच्च कर्मचारी अग्रपंक्तिमा रहेको पाइएपछि उनीहरु उच्च निगरानीमा परेका छन् ।
विभाग स्रोतका अनुसार उच्च घरानियाँ समूहका व्यापारी, विगतमा पटकपटक मन्त्री भइसकेका नेता तथा उच्च तहका प्रशासकसमेत सम्पत्ति शुद्धीकरण गरी वित्तीय अपराधको पारो बढाउने खेलमा संलग्न रहेको आशंकामा उनीहरुलाई पनि निगरानीमा राखिएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण