छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौं । रुपन्देही, बारा र धादिङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार रुपन्देहीको रोहिणी गाउँपालिका-३ बसन्तपुरस्थित सडकमा लु.१ ख ३९५५ नम्बरको ट्रकले लु.३६ प ३४३१ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक ओमसतिया गाउँपालिका-४ बस्ने २२ वर्षीय मन्जित हरिजनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधन र ट्रक चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका-१० बेसक्याम्प चोकस्थित सडकमा बा.१८ च ४५६१ नम्बरको कारले लु.२२ प १८२३ नम्बरको स्कुटरलाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी स्कुटरमा सवार सोही उपमहानगरपालिका-११ देविनगर बस्ने २३ वर्षीया सपना पौडेलको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार रहेका कार चालकको खोजी कार्य गरिरहेको छ ।
बाराको कलैया उपमहानगरपालिका-२४ सखुईस्थित सडकमा पनि ना.६५ प ९३० नम्बरको मोटरसाइकल बुधबार साँझ अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक महागढिमाई नगरपालिका-११ बस्ने २२ वर्षीय गणेश साह सुनारको उपचारको क्रममा जिल्ला अस्पताल कलैयामा मृत्यु भएको छ ।
यसैगरी धादिङको थाक्रे गाउँपालिका-१ अछेतेस्थित सडकमा बा.५ ख ७९८७ नम्बरको ट्रकले सोही गाउँपालिका-१० बस्ने ३४ वर्षीय सुमन तामाङलाई बुधबार राति ठक्कर दिंदा घटनास्थलमै मृत्यु छ । ट्रक चालकलाई नियन्त्रणमा लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण