मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

‘लप्पन छप्पन २’ मा मोडल आना

बिहीबार, १७ पुस २०७६, १६ : ५८
बिहीबार, १७ पुस २०७६

काठमाडौं । फिल्मको ब्यवसाय दिन प्रतिदिन बिग्रँदो भएपनि यो क्षेत्रमा भविश्य देख्ने युवायुवतीको भने कमी छैन । सायद त्यसैले पनि हरेक फिल्मबाट एक न एक कलाकार डेब्यु गर्ने गर्दछन् ।

 यस्तैमा अहिले अष्ट्रेलियामा छायाँकन भइरहेको फिल्म ‘लप्पन छप्पन २’ बाट आना ढकाल अभिनेत्रीको रुपमा डेब्यु गर्ने भएकी छन् । अध्ययनको सिलसिलामा केही बर्षदेखि अष्ट्रेलिया रहेकी आनाको फिल्ममा अभिनय रहने निर्माण युनिटले जनाएको छ । 

चितवन घर भएकी आना प्रस्तोता तथा गायिका पनि हुन् ।  यस अगाडि दर्जन बढी म्युजिक भिडियो अभिनय गरेकी आनाले नेपाली फिल्म खेल्ने सानैदेखिको रहर पुरा गर्न अभिनयमा भित्रिन लागेको बताइन् । 

‘लप्पन छप्पन २’ मा उनी अभिनेता अर्पण थापाको अपोजिटमा भूमिकामा देखिन लागेकी हुन् । मुकुन्द भट्ट निर्देशक रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, सुरबिना कार्की लगायत कलाकारको समेत अभिनय रहनेछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप