‘लप्पन छप्पन २’ मा मोडल आना
काठमाडौं । फिल्मको ब्यवसाय दिन प्रतिदिन बिग्रँदो भएपनि यो क्षेत्रमा भविश्य देख्ने युवायुवतीको भने कमी छैन । सायद त्यसैले पनि हरेक फिल्मबाट एक न एक कलाकार डेब्यु गर्ने गर्दछन् ।
यस्तैमा अहिले अष्ट्रेलियामा छायाँकन भइरहेको फिल्म ‘लप्पन छप्पन २’ बाट आना ढकाल अभिनेत्रीको रुपमा डेब्यु गर्ने भएकी छन् । अध्ययनको सिलसिलामा केही बर्षदेखि अष्ट्रेलिया रहेकी आनाको फिल्ममा अभिनय रहने निर्माण युनिटले जनाएको छ ।
चितवन घर भएकी आना प्रस्तोता तथा गायिका पनि हुन् । यस अगाडि दर्जन बढी म्युजिक भिडियो अभिनय गरेकी आनाले नेपाली फिल्म खेल्ने सानैदेखिको रहर पुरा गर्न अभिनयमा भित्रिन लागेको बताइन् ।
‘लप्पन छप्पन २’ मा उनी अभिनेता अर्पण थापाको अपोजिटमा भूमिकामा देखिन लागेकी हुन् । मुकुन्द भट्ट निर्देशक रहेको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, सुरबिना कार्की लगायत कलाकारको समेत अभिनय रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन बुँदे सहमतिले नेकपालाई सरकार बनाउन सहज, एमालेलाई असहज !
-
परीक्षा सुरु भएको ६ मिनेटमै त्रिवि एमबीएसको प्रश्नपत्र बाहिरियो
-
डा. गाेविन्द केसी र सरकारी टोलीबिच आइतबार वार्ता हुने
-
कांग्रेसको बाटो : अतीतमुखी राजतन्त्र कि भविष्यमुखी गणतन्त्र ?
-
काेशीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित, हिक्मत कार्कीको निरन्तरता कि राजीनामा ?
-
सात प्रदेशमध्ये एमाले र नेकपाको तीन प्रदेशमा मात्रै सहज बहुमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण