राष्ट्रियसभा उम्मेदवार चयनका लागि राजपाको बैठक बस्दै
काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा चुनावका लागि उम्मेदवार चयन गर्न आज सचिवालयको बैठक बोलाएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको चयन लगायत उखु किसानले गरिरहेको आन्दोलनको विषयमा छलफल हुने राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए ।
राष्ट्रियसभा सदस्यका लागि विभिन्न प्रस्तावहरु आएका छन् ती सबैमाथि छलफल हुने उनले बताए ।
पार्टी स्रोतका अनुसार हालसम्म राष्ट्रियसभा सदस्यका लागि ६०–७० जनाले दावी गरेका छन् । यीमध्ये दुईजनाको नाम छनौट गर्नुपर्ने हुन्छ । अध्यक्षमण्डलका लागि दुईजनाको नाम चयन गर्न फलामको च्युरासरह नै हुने अनुमान गरिएको छ ।
पुस २० गते राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी मनोनयन हुनेछ । त्यसअघि नै उम्मेदवारको नाम टुङ्गो लगाउनुपर्ने हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण