बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभा उम्मेदवार चयनका लागि राजपाको बैठक बस्दै

शुक्रबार, १८ पुस २०७६, १२ : ०३
शुक्रबार, १८ पुस २०७६

काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले राष्ट्रियसभा चुनावका लागि उम्मेदवार चयन गर्न आज सचिवालयको बैठक बोलाएको छ ।

बबरमहलस्थित पार्टी कार्यालयमा दिउँसो १ बजे बस्ने बैठकमा राष्ट्रियसभा चुनावका लागि उम्मेदवारको चयन लगायत उखु किसानले गरिरहेको आन्दोलनको विषयमा छलफल हुने राजपा नेपाल अध्यक्षमण्डलका सदस्य महेन्द्रराय यादवले बताए ।

राष्ट्रियसभा सदस्यका लागि विभिन्न प्रस्तावहरु आएका छन् ती सबैमाथि छलफल हुने उनले बताए ।

पार्टी स्रोतका अनुसार हालसम्म राष्ट्रियसभा सदस्यका लागि ६०–७० जनाले दावी गरेका छन् । यीमध्ये दुईजनाको नाम छनौट गर्नुपर्ने हुन्छ । अध्यक्षमण्डलका लागि दुईजनाको नाम चयन गर्न फलामको च्युरासरह नै हुने अनुमान गरिएको छ ।

पुस २० गते राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी मनोनयन हुनेछ । त्यसअघि नै उम्मेदवारको नाम टुङ्गो लगाउनुपर्ने हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप