१२ केजी गाँजासहित ५ जना पक्राउ
शुक्रबार, १८ पुस २०७६, १५ : ३३
बारा । प्रहरीले १२ केजी गाँजासहित ५ जना पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक विकास थपलियाको नेतृत्वमा रहेको प्रहरीले १ पुरुष र ४ महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा महोत्तरीकी ममता कार्की, धनुषाका बिलट महतो, पर्साकी विमला विक, सोही स्थानकी पलटी माझी र रमियाँ चौधरी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले ना.५ ख ६६१९ नम्बरको पोखराबाट जनकपुर चल्ने बस जाँच गर्ने क्रममा झोलामा ल्याउँदै गरेको करिब १२ केजी लागूऔषध गाँजा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई बारा जिल्ला अदालतमा पेश गरी १० दिनको म्याद थप गरी लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा
-
सिरियामा दुई बस एकआपसमा ठोक्किँदा ३५ जनाको मृत्यु, ३० घाइते
-
रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च
-
मदनकृष्ण श्रेष्ठसहित पाँच स्रष्टालाई ‘छिन्नलता गीत पुरस्कार’
-
माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
-
भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण