इरानी सेनाका कमाण्डर मारिएपछि संयमता अप्नाउन म्यार्कों र पुटिनको आग्रह
इरानका एक जना उच्च तहका कमाण्डर मारिएपछि हिंसा थप भड्किन नदिन फ्रान्सका राष्ट्रपति एम्मानुएल म्यार्कों र उनका रुसी समकक्षी म्लादिमिर पुटिनबीच शुक्रबार फोनवार्ता भएको छ ।
इरानका सवै पक्ष विपक्षलगायत राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा नै संयमता अप्नाउन उनीहरुले आह्वान गरेका छन् ।
खतरनाक घटना हुन नदिनका लागि छिमेकी देशसँग निरन्तर सम्पर्कमा र नजिक रहेर संयमताका लागि आग्रह गरेको बताइएको छ ।
दुई नेताबीचको शुक्रबारको वार्तामा पछिल्लो परिस्थितिको छलफल भएको बताइएको छ । राष्ट्रपति म्यार्कों सन् २०१५ मा परमाणु सम्झौतामा हस्ताक्षर भएको बारेमा थप समन्वय गर्न आवश्यक रहेको बारे जोड दिएका थिए ।
केहीदिन अघि बग्दादस्थित अमेरिकी दूतावासमा आक्रमण भएपछि इराक, इरान र अमेरिकाकाबीचमा विबाद थप चर्किदै गएको छ । अमेरिका र इरानका शिर्ष नेताले एक अर्कोलाई चेतावनी दिने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
-
गृहमन्त्री सुधन गुरुङ विराटनगरमा
-
विस्कन्सिनमा आँधीका कारण डुङ्गा डुब्दा ३ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण