तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु
आइतबार, २० पुस २०७६, २२ : ४६
तनहुँ । चितुवाको आक्रमणबाट तनहुँको आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा आज साँझ एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ८ वर्षीय पुजन सिंजाली मगर रहेको डिभिजन वन कार्यालय तनहुँका प्रमुख केदार बरालले जानकारी दिए । घर बाहिर खेलिरहेको अवस्थामा चितुवाको आक्रमणबाट बालकको मृत्यु भएको हो । बालकको शव घरभन्दा दुई÷तीन सय मिटर तल बारीमा फेला परेको छ । घटनालगत्तै घटनास्थलमा प्रहरी, डिभिजन वन कार्यालयको टोली पुगेको छ ।
चितुवाको आक्रमणबाट तनहुँमा डेढ वर्षको अवधिमा आठ बालबालिकाको मृत्यु भइसकेको छ । केही दिन अगाडी मात्रै शुक्लागण्डकी नगरपालिका–३ रातमाटामा २२ महिनाका बालक रवीन नेपालीको मृत्यु भएको थियो । भानु नगरपालिकाका विभिन्न वडामा पनि चितुवाको आक्रमणबाट ६ जना बालबालिकाको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाह निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्ने
-
बेदिका केसी आज फेरि साइबर ब्युरोमा उपस्थित हुने
-
रास्वपा सांसदले आफन्तलाई स्वकीय सचिव राख्न नपाउने, खुला प्रतिस्पर्धाबाट छानिने
-
मधेसका अधिकांश जिल्लामा धान रोपाइँ अन्तिम चरणमा
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण