लिभरपुल र चेल्सी चौथो चरणमा
इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र चेल्सी एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेका छन् । आइतबार राति भएको खेलमा लिभरपुलले प्रिमियर प्रतिद्वन्द्वी एभर्टनलाई १–० गोलले हरायो । अर्को खेलमा चेल्सीले नथिङघम फरेस्टलाई २–० गोलले पराजित गर्यो ।
घरेलु मैदानमा लिभरपुलाई जिताउन कर्टिस जोन्सले निर्णायक गोल गरे । कर्टिसले ७१औं मिनेटमा डेभिड ओरिगीको पासमा उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा लिभरपुललाई पूर्ण दबाब दिएको एभर्टनले दोस्रो हाफमा भने लय गुमाएको थियो । एभर्टनले गोलका अवसर बनाएपनि सदुपयोग गर्न सकेन । लिभरपुलले पनि लगातार गोल गर्ने मौका गुमाएको थियो ।
यसैगरी चेल्सीले दुवै गोल पहिलो हाफमा गरेको थियो । चेल्सीको जितमा कलुम हड्सन ओडोइले छैटौं र रोस बार्कलीले ३३औं मिनेटमा गोल गरेका थिए । अर्को खेलमा सेफिल्ड युनाइटेडले एएफसी फ्याल्डेलाई २–१ गोलले हरायो । टोट्टनहाम मिडल्सबर्गसँग १–१ गोलको बराबरीमा रोकियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
-
पक्षपातको आरोपबारे अर्जेन्टिनी मिडफिल्डर भन्छन्, ‘हाम्रो मुस्कानले उनीहरूलाई बिझाउँछ’
-
राजधानीको कीर्तिपुरमा कारमा एक्कासि आगो लाग्यो, चालकको मृत्यु
-
रक्षा आपूर्ति शृङ्खला मजबुत बनाउन ट्रम्पको नयाँ आदेश, घरेलु उत्पादनमा जोड
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण