'काँग्रेस नेतृत्व अनुदार र असहिष्णु भयो' : यस्ता छन् जिल्ला सभापतिहरुको ४ बुँदे ध्यानाकर्षणपत्र
काठमाडौँ । नेपाली काँग्रेसका असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुले काँग्रेस नेतृत्व अनुदार र असहिष्णु भएको गुनासो गरेका छन् ।
सभापति देउवाइतर पक्षका जिल्ला सभापतिहरुको पार्टी कार्यालय सानेपामा सोमबार सुरु भएको भेलामा चार बुँदे ध्यानाकर्षण पत्र पेश गरिएको छ ।
ध्यानाकर्षणपत्रमा नेपाली काँग्रेसको गत बर्ष भएको महासमिति बैठक पश्चात बसेका केन्द्रीय कार्यसमिति समिति बैठकले बहुमतका आधारमा गरेका निर्णयहरुप्रति आपत्ति जनाउदै ती निर्णयले पार्टीमा संशय, अन्यौलता र जटिलता थपेकोमा जिल्ला सभापतिहरुको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ ।
त्यस्तै महासमितिले पास गरेका दुई वटा मुलप्रस्तावलाई बहुमतको गणितबाट उल्ट्याएर सुरु भएको संवैधानिक सर्वोच्चता विरुद्धको आन्तरिक यात्रा गत पुस १६ गतेको बहुमतको निर्णयमार्फत पार्टी परम्परा, संस्कार र लोकतान्त्रिक मूल्यमान्यता विपरित भएको सभापतिहरुको ठहर छ ।

सभापति देउवाले पुस ११ गतेको बैठकमार्फत बहुमतका आधारमा पार्टीका विभागहरु गठन गर्नुका साथै महाधिवेसनको मिति तोकेका थिए । उक्त बैठकमा रामचन्द्र पौडेल र कृष्ण सिटौला समूह अनुपस्थित भएको थियो ।
सभापतिहरुको ध्यानाकर्षणपत्रमा पार्टीले लिने निर्णय विधानसम्मत हुनुपर्ने, पार्टी महाधिवेशन हार्दिक महोत्सवको रुपमा ग्रहण गर्न यससँग सम्बन्धित निर्णयहरु व्यापक सहमतिको आधारमा गर्नुपर्ने, पार्टी सदस्यता वितरण, मूल्यांकन र संकलन अविलम्ब सुरु गर्नुपर्ने तथा राष्ट्रिय एकता र मेलमिलापको भावनाअनुरुप सहमति, सहकार्य र सहअस्तित्व तथा समझदारीलाई पार्टीभित्रको निर्णय निर्माण र कार्यसम्पादनको मुल आदर्श र मार्ग बनाउनुपर्ने सभापतिहरुको माग छ । भेलामा ४१ जिल्ला सभापतिहरुको सहभागिता रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शासकीय सुधारलाई निरन्तरता दिने विषयमा सरकारलाई कांग्रेसको समर्थन
-
गोरखामा मरुवा सङ्क्रमणले चैते धानमा क्षति
-
वन्यजन्तुको आक्रामक व्यवहार नियन्त्रण गर्न प्रविधिको प्रयोग गर्छाैँ : मन्त्री गौतम
-
दुई आईजी अमेरिका प्रस्थान
-
दलाई लामाको जन्मदिनमा औपचारिक कार्यक्रम र जुलुस गर्न नदिने सुरक्षा समितिको निर्णय
-
नेपाली जनसम्पर्क समिति अमेरिकाको अधिवेशन अगस्टमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण