सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सनराइज बैंकको दोधारा चाँदनीमा १३० औं शाखा

सोमबार, २१ पुस २०७६, १८ : ५१
सोमबार, २१ पुस २०७६

दोधारा– सनराइज बैंकले देशका विभिन्न स्थानमा शाखा विस्तार गर्दै जाने क्रममा यही पुस २१मा सुदुरपश्चिम प्रदेश कञ्चनपुर जिल्ला स्थित दोधारा चाँदनीमा १३० औं शाखा विस्तार गरेको छ । 

सोमबार आयोजित उद्घाटन समारोहमा महाकाली नगरपालिकाका मेयर वीर बहादुर सुनार र बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले उद्घाटन गरे । उक्त कार्यक्रममा बैंकका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

सोही कार्यक्रममा बैंकका नायव महाप्रबन्धक अपछ कुमार यादवले बैंकिङ्ग प्रणालीमा सबैको पहुँच पुर्याउनका लागि बैंकिङ्ग प्रक्रियालाई सरल र सहज बनाउन आवश्यक रहेको बताए । 

कृषि क्षेत्रलाई बैंकले सधै प्राथमिकतामा राख्दै आएको र आगामी दिनमा पनि  यस क्षेत्रमा बैंकले थप लगानी गर्दै जाने जानकारी दिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप