५२० आयोजनालाई अनुदान
मङ्गलबार, २२ पुस २०७६, ०७ : ४१
चालू आर्थिक वर्षमा स्थानीय तहका ५२० आयोजनाले समपूरक तथा विशेष अनुदान पाउने भएका छन् ।
चालू आर्थिक वर्षका लागि प्रस्तावित १ हजारभन्दा बढी आयोजनामध्येबाट छनोटमा परेका ५२० आयोजनाले अनुदान पाउने भएका हुन् ।
छनोटमा परेका आयोजना तथा कार्यक्रमलाई बजेट दिन राष्ट्रिय योजना आयोगले अर्थ मन्त्रालयलाई सिफारिस गरेको स्रोत बताउँछ । सिफारिसमा परेका आयोजना तथा कार्यक्रमको कुल लागत २३ अर्ब १८ करोड ३३ लाख रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार कुल लागतमध्ये संघीय सरकारले १० अर्ब ८३ करोड ७७ लाख रुपैयाँ र स्थानीय सरकारले ११ अर्ब ४ करोड ३६ लाख रुपैयाँ बजेट खर्च गर्नेछन् । यो समाचार आजको कारोबार दैनिकमा निरु अर्यालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक औषधि उत्पादनको समझदारी
-
दुई फर्मलाई विभागको जरिवाना
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण