सानिमा बैंकका ग्राहकलाई नेपाल मेडिसिटि हस्पिटलमा विशेष छुट मिल्ने
मङ्गलबार, २२ पुस २०७६, १६ : ३४
काठमाडौं– सानिमा बैंक लिमिटेड र नेपाल मेडिसिटि हस्पिटल बीच स्वास्थ्य उपचार सुविधा सम्बन्धी सम्झौता भएको छ ।
यस सम्झौता पत्रमा सानिमा बैंक लिमिटेडको तर्फबाट प्रमुख निक्षेप अधिकृत बबी सिंह गड्तौला र नेपाल मेडिसिटि हस्पिटलको तर्फबाट महाप्रबन्धक विजय रिमालले हस्ताक्षर गरेका छन् ।
यस सम्झौता अन्तर्गत सानिमा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोगकर्ताले नेपाल मेडिसिटि अस्पतालमा उपचारको क्रममा सहज रुपमा भुक्तानी गर्न सक्नेछन् ।
साथै, प्रयोगकर्ताले सानिमा बैंकको कार्ड प्रयोग गरी विभिन्न उपचार खर्चहरुमा ७ प्रतिशतसम्म छुट पाउँन सक्नेछन् ।
विभिन्न स्वास्थ्य उपचार सेवा दिँदै आइरहेको नेपाल मेडिसिटि हस्पिटल, ललितपुरको भैंसेपाटीमा अवस्थित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण