छाउगोठ मुक्त नेपाल बनाउने मन्त्री गुरुङको घोषणा
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङले ‘छाउगोठ मुक्त नेपाल’बनाउने घोषणा गरेका छन् । मन्त्री गुरुङले छाउगोठ मुक्त नेपाल बनाउने गरी सरकारले छिट्टै मर्यादित महिनावारी सम्बन्धि नीति ल्याउने योजना पनि अघि सारेका छन् । मंगलबार काठमाडांैमा आयोजित छाउगोठ सम्बन्धि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुराको घोषणा गरेका हुन् ।
मन्त्री गुरुङले छाउगोठ मुक्त नेपाल बनाउन आवश्यक सुझाव दिन पनि कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सांसदहरुलाई आग्रह गरे । ‘सामाजिक कूरीतिको रुपमा रहेको छाउगोठ उन्मुलन हुने गरी सरकारले छिट्टै आवश्यक नीति ल्याउनेछ,’मन्त्री गुरुङले भने, ‘त्यसका लागि आवश्यक सबै खालको सुझाव दिन म सम्बन्धित जिल्लाका सांसद, सरोकारवाला निकाय सबैलाई आग्रह गर्दछु ।’ मन्त्री गुरुङले छाउगोठ मुक्त समाज निर्माणका लागि सरकारले महिनावारी सम्बन्धि नीति छिट्टै ल्याउनेगरी तत्काल कार्य दल गठन गर्न लागेको पनि जानकारी दिए ।
कार्यक्रममा बोल्दै संघीय संसदको महिला तथा सामाजिक समितिकी सभापति निरुदेवी पालले सामाजिक कूरीतिको रुपमा रहेको छाउगोठ अन्त्य गर्ने सरकारको अभियानमा सबैले साथ दिनुपर्ने आवश्यक्ता औंल्याएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण