मिटरब्याजी राजपाका केन्द्रीय सदस्य यादव पक्राउ (भिडियो रिपोर्ट)
बुधबार, २३ पुस २०७६, १४ : २६
काठमाडौं । राजपाका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेको छ । घरजग्गा कब्जा गरेको आरोपमा सर्लाही प्रहरीले केन्द्रीय सदस्य यादवलाई नियन्त्रणमा लिएको हो ।
सर्लाहीका पीडितहरुले बुधबार गृहमन्त्रालयमा आएर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसँग गुनासो पोखेलगत्तै खनालले जिल्ला प्रहरी कार्यालय सर्लाहीलाई यादवलाई पक्राउ गर्न निर्देशन दिएका थिए ।
आइजीपी खनालको निर्देशनलगत्तै यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । यादव बरहथवा नगरपालिकाको मेयर पदको निर्वाचनमा तेश्रो भएका व्यक्ति हुन् ।
यादवसँगै तत्कालीन नयाँ शक्ति पार्टीका प्रदेशसभा उम्मेद्वार सञ्जय रौनियारले समेत ऋण दिँदा रजिस्ट्रेसन नै पास गरेर घरजग्गा नै कब्जामा लिने गरेको भन्ने उजुरी परेको थियो ।
यादवमाथि जनतालाई लाख ऋण दिएर करोडको तमसुक बनाउने गरेको आरोप समेत लाग्ने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के हो ई-पासपोर्ट छपाई प्रकरण, किन पक्राउ परे राहदानी विभागका महानिर्देशक ?
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
-
नदीजन्य पदार्थको राजस्वमा रजाइँ : गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पदाधिकारीविरूद्ध मुद्दा
-
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण