बूढानीलकण्ठ दुर्घटना : सवारी चालक पृथ्वी मल्ललाई थुनामा पठाउने आदेश
काठमाडौँ । बूढानीलकण्ठमा पैदलयात्रुको ज्यान जाने गरी दुर्घटना गराउने चालक पृथ्वी मल्ललाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश दीपक कुमार दाहालको इजलाशले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो । उनले मादक पदार्थ सेवन गरेर लापरबाहीपूर्वक सवारी चलाएको पाइएको आदेशमा उल्लेख छ।
गत मङ्सिर २८ गते बूढानिलकण्ठमा भएको कार दुर्घटनाका मुख्य प्रतिवादी हुन् पृथ्वी मल्ल । काठमाडौँ जिल्ला अदालतमा दायर भएको अभियोगपत्रमा उनीमाथि ३ देखि १० वर्षको सजाय माग गरिएको छ ।
मल्ललाई सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ को उपदफा ९२० बमोजिमको कसूर अपराधमा सोही ऐनको दफा १६१ को उपदफा ९२० बमोजिम सजाय हुने माग दाबी गरिएको हो ।
मल्लले मादक पदार्थ सेवन गरी चलाएको कारले सडकको पेटीमा हिँडिरहेकी पैदलयात्रु लिला देवकोटाको मृत्यु भएको थियो ।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६१ अनुसार ‘मार्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरवाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार तीन वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँ देखि १ लाख रुपैयाँसम्म जरिवाना हुने’ व्यवस्था रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेश सरकार र ६ पालिकाबिच नवप्रवर्द्धन साझेदारीमा सम्झौता
-
आवेदन खुलाएको झन्डै एक वर्षपछि विशिष्ट संरचना सञ्चालन विकास समितिको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
-
रविलाई भारतले दिएको सम्मान जनमतको सम्मान हो : महामन्त्री बुर्लाकोटी
-
स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी र सदस्य नियुक्ति प्रक्रिया स्थगित
-
५८ करोड भ्रष्टाचार मुद्दामा बागमतीकी उपमेयरलाई साधारण तारेखमा राख्न आदेश
-
कांग्रेसले क्रियाशील सदस्यता व्यवस्थापनका लागि तोक्यो सम्पर्क व्यक्तिहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण