लाल बहादुर गन्धर्वको सारंगीले पाउने भयो राष्ट्रिय मंच
काठमाडौं– गाउँघरमा सारंगी रेटेर मानिसका जीवन कथा सुनाउँदै आएका लाल बहादुर गन्धर्वको सारंगीले अन्ततः काठमाडौंमा मंच पाउने भएको छ ।
यही पुस २६ गते शनिवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘लाल बहादुर गन्धर्व सारंगी साँझ २०७६’ आयोजना हुन लागेको हो । गोरखा घ्याम्पेसालका गन्दर्भ राम्रो सारंगी बादक मात्र नभएर कुशल गायक पनि हुन् ।
गन्धर्वहरुको राष्ट्रिय भेलामा जनकवि केशरी धर्मराज थापाको सम्पर्कबाट काठमाडौं आएर रेडियो नेपालमार्फत् प्रस्तुति समेत दिइसकेका गन्धर्वले त्यसयता पहिलो पटक राष्ट्रिय मंचमार्फत आफ्नो कला प्रस्तुत गर्ने भएका हुन् ।
विश्वयुद्ध देखि पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान देखि नब्बे सालको महाभूकम्प अनि डाँफे चरी लगायतका अनेकन कर्खा, सवाई उनले रेडियो नेपालमा गाइसकेका छन् । जसले राष्ट्रियस्तरमा उनको गायन र सारंगी वादनको चर्चा भएको थियो ।
गाउँमा दुःख सुख सारंगी रेटेरै जिविकोपार्जन गर्दै आएका लाल बहादुरले हराउन थालेको गन्धर्व गायन, कर्खा र सवाईलाई सवै सामु प्रस्तु गर्ने भएका छन् ।
गोरखा घ्याम्पेसाल काठमाडौं सेवा समाज र गन्धर्व संस्कृतिक कला केन्द्रको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा उनले एकल प्रस्तुति दिनेछन् ।
शनिवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म ‘लाल बहादुर गन्धर्व सारंगी साँझ २०७६’ हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, कुन–कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
झाडी फाँडेर फलफूल बगैँचा
-
‘ज्येष्ठ नागरिक उद्यान’ नयाँ पर्यटकीय गन्तव्य
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण