लाल बहादुर गन्धर्वको सारंगीले पाउने भयो राष्ट्रिय मंच

काठमाडौं– गाउँघरमा सारंगी रेटेर मानिसका जीवन कथा सुनाउँदै आएका लाल बहादुर गन्धर्वको सारंगीले अन्ततः काठमाडौंमा मंच पाउने भएको छ ।
यही पुस २६ गते शनिवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा ‘लाल बहादुर गन्धर्व सारंगी साँझ २०७६’ आयोजना हुन लागेको हो । गोरखा घ्याम्पेसालका गन्दर्भ राम्रो सारंगी बादक मात्र नभएर कुशल गायक पनि हुन् ।
गन्धर्वहरुको राष्ट्रिय भेलामा जनकवि केशरी धर्मराज थापाको सम्पर्कबाट काठमाडौं आएर रेडियो नेपालमार्फत् प्रस्तुति समेत दिइसकेका गन्धर्वले त्यसयता पहिलो पटक राष्ट्रिय मंचमार्फत आफ्नो कला प्रस्तुत गर्ने भएका हुन् ।
विश्वयुद्ध देखि पृथ्वीनारायण शाहको जीवनी, जङ्गबहादुरको सत्ता उत्थान देखि नब्बे सालको महाभूकम्प अनि डाँफे चरी लगायतका अनेकन कर्खा, सवाई उनले रेडियो नेपालमा गाइसकेका छन् । जसले राष्ट्रियस्तरमा उनको गायन र सारंगी वादनको चर्चा भएको थियो ।
गाउँमा दुःख सुख सारंगी रेटेरै जिविकोपार्जन गर्दै आएका लाल बहादुरले हराउन थालेको गन्धर्व गायन, कर्खा र सवाईलाई सवै सामु प्रस्तु गर्ने भएका छन् ।
गोरखा घ्याम्पेसाल काठमाडौं सेवा समाज र गन्धर्व संस्कृतिक कला केन्द्रको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा उनले एकल प्रस्तुति दिनेछन् ।
शनिवार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको पुस्तकालय हलमा दिउँसो २ बजेदेखि साँझ ७ बजेसम्म ‘लाल बहादुर गन्धर्व सारंगी साँझ २०७६’ हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवसरवादीले आफूविरुद्ध भ्रम छर्ने काम गरेको प्रचण्डको आरोप
-
स्वच्छ हावाको लागि ध्यानाकर्षण गर्न टुँडिखेलमा मानव साङ्लो (तस्बिरहरू)
-
सङ्घीयतालाई बलियो बनाउन तीनै तहको सरकार आत्मनिर्भर बन्नुपर्छ : महर्जन
-
छ महिनापछि घर फर्किए टिंकरवासी
-
मोटरसाइकल चोरेर भाग्दा टिप्परसँग ठोक्किएर दुर्घटना
-
कश्मीर : भारत–पाकिस्तानबिच आजसम्मका तनाव शृङ्खला