शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

पुरानो मेडिकल कलेज चितवन र उद्योग वाणिज्य संघ चितवन बीच सहकार्य

शुक्रबार, २५ पुस २०७६, १७ : ०४
शुक्रबार, २५ पुस २०७६

काठमाडौं– पुरानो मेडिकल कलेज चितवन र उद्योग बाणिज्य संघ चितवन बीच आपसी सहकार्य सम्बन्धी स्मरण पत्र नवीकरण भएको छ।

गत बर्ष पनि उद्योग वाणिज्य संघका सम्पुर्ण सदस्यहरुलाइ निश्चित प्रतिशत छुट दिइने स्मरण पत्रमा हस्ताक्षर भएको थियो। यस बर्ष उक्त स्मरण पत्र परिमार्जन सहित हस्ताक्षर भएको उद्योग वाणिज्य संघ का स्वास्थ्य समिति प्रमुख शिरीष पन्तले बताए ।

निजि क्षेत्रको नेपालकै पुरानो र प्रतिष्ठित स्वास्थ्य संस्था पुरानो मेडिकल कलेज चितवनमा अब उद्योग वाणिज्य संघ चितवनका सम्पूर्ण सदस्यहरुले अस्पताल  तर्फका सम्पुर्ण सेवामा २० प्रतिशत छुट पाउने छन । 

व्यवसायीहरुको सबैभन्दा ठूलो संस्था उद्योग वाणिज्य संघ चितवनका बैद्य सदस्य चार हजार जति रहेका छन । स्मरण पत्रमा अस्पतालका तर्फबाट अतिरिक्त निर्देशक डा मनोहर प्रधान र निमित्त निर्देशक डा. राजेश यादवले र उद्योग वाणिज्य संघका तर्फबाट अध्यक्ष सहनलाल प्रधान तथा स्वास्थ्य बिभाग प्रमुख  शिरिष पन्तले हस्ताक्षर गरेका छन् ।

आज उद्योग वाणिज्य संघ चितवनमा एक कार्यक्रमका बीच उक्त स्मरण पत्र सार्बजनिक गरियो । कार्यक्रममा बोल्दै अध्यक्ष सहनलाल प्रधानले गत बर्ष जस्तै यस वर्ष पनि धेरै सदस्यहरुले पुरानो मेडिकल कलेजबाट सहुलियतपूर्ण उपचार सेवा लिने बिस्वास व्यक्त गरे । 

देशकै ठूलो आइसीयु तथा सुपर स्पेसियलिटी सेवा उपलब्ध यस अस्पतालमा पहिला देखिनै स्वास्थ बिमा, कडा रोग, डायलाइसिस सेवा, निशुल्क डट्स कार्यक्रम, कलेजो तथा मृगौला प्रत्यारोपण, ओपन हार्ट सर्जरी सेवा सुचारु छ । 

सम्पूर्ण उद्योग वाणिज्य संघका सदस्य तथा पदाधिकारि हरुलाइ अस्पतालबाट सहुलियत सहितको गुणस्तरीय  सेवा दिइने कुरा अस्पतालका निमित्त निर्देशक डा राजेश यादवले बताए । 

उद्योग वाणिज्य संघका सम्पुर्ण सदस्यहरुलाई उपचार सेवा लिन सजिलो बनाउन छुट्टै बिलिङ काउन्टर तथा सम्पर्क ब्यक्ती ब्यबस्था गरिने र हरेक वर्ष उद्योग वाणिज्य संघसँग सहकार्यमा पिछडिएको क्षेत्रमा निशुल्क स्वास्थ्य शिबिर आयोजना गरिने अस्पतालका जनसम्पर्क बिभाग प्रमुख दुर्गा प्रसाद न्यौपानेले जानकारी दिए।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप