किन सबै बादलले पानी पार्दैन ?
के तपाईंहरु कहिले अग्लो डाँडामा गएर बस्नु भएको छ, जहाँ बादलले तपाईलाई छुँदै उडिरहन्छ ? या कहिले हवाइजहाजमा चढेर बाँदलको बीचबाट यात्रा गर्नुभएको छ ? गर्नुभएको छ भने अवश्य पनि तपाईंले बादल अरु केही नभएर मात्र पानीका बाफहरुको समूह हो भनेर थाहा पाइसक्नु भएको छ होला ।
हावामा जहिले पनि केही मात्रामा पानीको बाफ हुने गर्छ । गर्मी महिनामा पृथ्वीको तापक्रम धेरै हुने गर्छ । तापक्रम धेरै भएकोले खोला, नदी आदिबाट पनि धेरै मात्रामा पानी बाफमा परिर्वतन हुन्छ । रुखले जमीनबाट सोसेको पानी पनि पातबाट बाफकै रुपमा हावामा मिसिन्छ । त्यही भएर गर्मीमा ती बाफहरुको मात्रा हावामा अझ धेरै हुने गर्छ । त्यहाँ यति धेरै मात्रामा बाफ हुने गर्छ कि तापक्रम अलिकति मात्र कम भयो भने पनि ती बाफहरु चिसिने गर्छन् र पानीका स–साना थोपाहरुमा परिवर्तन हुने गर्छन् । हावा पूर्ण रुपमा पानीले भिज्ने गर्छ । यस्तो अवस्थालाई हावाको संसिक्त अवस्था भनिन्छ ।
जब ती संसिक्त अवस्थामा रहेको तातो हावा अझ उँचाईमा जान्छन्, तब ती स–साना पानीका थोपाहरु फेरि जोडिएर ठूला थोपा बन्ने गर्छन् । यसरी नै बादल बन्ने गर्छ । यतिबेला बाफहरु चिसो भएर गन्नै नसक्ने गरी पानीका थोपाहरु बनिसकेका हुन्छन् । यदि ती चिसिएको बादलले तातो हावा भेट्यो भने के हुन्छ त ? त्यसो भयो भने चिसो भएका ती पानीका थोपाहरु फेरि तातेर बाफ बन्छन् । बनिसकेको बादल फेरि हराउने गर्छ । यही कारणले नै गर्दा बादलको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ । विभिन्न तापक्रमका कारणले गर्दा बाफ पानीमा र पानी बाफमा परिवर्तन भइरहेको हुन्छ । यो प्रक्रिया निरन्तर रुपमा चलिरहेको हुन्छ ।
बादलमा पानीको थोपा रहेको अवस्थामा तिनीहरुको वजन पनि धेरै हुने गर्छ । तिनीहरुलाई पृथ्वीको गुरुत्वाकर्षणले पनि तानिरहेको हुन्छ । जब तिनीहरु तानिँदै पृथ्वीको छेउतिर आउँछन्, तिनीहरु फेरि तातो हावासँग मिसिने गर्छन् र तातेर माथि नै पुग्ने गर्छ । त्यसैले सबै बादलले पानी पार्न सक्दैन । पानी बनेर पृथ्वीमा खस्नुभन्दा पहिले नै तिनीहरु बाफमा परिवर्तन हुने गर्छन् ।
तर यदि तल रहेको हावा तातो छैन र चिसो नै छ भने त्यहाँ त्यसको ठीक उल्टो प्रक्रिया हुने गर्छ । ती पानीका थोपाहरु वाफमा परिर्वतन नभएर चिसो हावामा रहेका पानीका अन्य थोपाहरुसँग मिलेर झन ठूला पानीका थोपाहरु बन्ने गर्छन् । यसरी थोपाहरु बन्ने क्रममा चाँडै नै तिनीहरु यति भारी हुन्छन्, पृथ्वीमा झर्न थाल्छन् । यसरी नै पानी पर्ने गर्छ ।
आकाशमा परेको पानीको मात्रा नाप्ने यन्त्रलाई रेनगज (Rain gauge) भनिन्छ । संसारको विभिन्न ठाँउमा भिन्न भिन्न मात्रामा पानी पर्ने गर्छ । कहीँ धेरै पर्छ त कहीँ एकदमै थोरै पर्ने गर्छ । उदाहरणको लागि भारतको चेरापुन्जीमा वर्षमा करिब ११४० सेन्टिमिटर पानी पर्छ । उता इजिप्टमा भने वर्षमा करिब ४ सेन्टिमिटर मात्र पानी पर्छ ।
Title photo: https://learning-center.homesciencetools.com
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण