नेपाल–भारत सीमा समस्या, भारतको जवाफ कुर्दै
भारतसित सीमा समस्या समाधान गर्न पठाएको प्रस्तावको जवाफसँगै नेपालले वार्ताको तयारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले शनिबार दोस्रो पटक गरिएको वार्ताको प्रस्तावको जवाफ आएको छैन् । हामी अझै पनि जवाफकै प्रतीक्षामा छौँ । पहिलो पत्रको जवाफमा वार्तामा बस्न तयार छौँ भनेका थियौँ, वार्ताको मिति तय गरेर जवाफ पठाउने कुरा भएको गोरखापत्रसँग बताए ।
नेपालसँग जोडिएको सीमा समस्या समाधान गर्न नेपालले पठाएको कूटनीतिक नोटको पहिलो जवाफ भारतले दियो । भारत सरकारले सीमा समस्या कूटनीतिक वार्ताबाटै समाधान गर्न तत्परता देखाउँदै जवाफ दिएको थियो ।
सचिव स्तरमा हुने त्यस वार्ताका लागि नेपालले प्रस्ताव गरेको हो । त्यसका लागि मिति तय गरेर जवाफ दिने बताएको भारतले पछिल्लो जवाफ दिइनसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भारतको जवाफ आउनासाथै नेपालले वार्तामा बस्ने तयारी गरेको पटक पटक बताएका छन । यो समाचार आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गृहमन्त्री लामिछानेसँग माफी मागे डा.निकोलस भुसालले
-
क्रिकेटर सन्दीप लामिछानेले पाए सफाइ
-
उद्योगमन्त्री भण्डारी र युरोपियन कमिसनका उपनिर्देशक फेरानबिच भेट
-
गगन थापामाथि खनिए ओली, संसद् बैठकमा उद्दण्डता प्रस्तुत गरेको आरोप
-
निजी क्षेत्र बजेटको केन्द्रबिन्दुमा हुनुपर्छ : अध्यक्ष ढकाल
-
यस्तो छ भोलि बस्ने प्रतिनिधिसभा बैठकका ९ कार्यसूची