शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

एटलान्टासँग बराबरीमा रोकियो इन्टर

आइतबार, २७ पुस २०७६, ०९ : २०
आइतबार, २७ पुस २०७६

इटालियन सिरी ‘ए’ फुटबलमा शीर्ष टोली  इन्टर मिलानले एटलान्टासँग बराबरी खेल्दै अंक बाँडेको छ । घरेलु मैदानमा इन्टरले एटलान्टासँग १–१ गोलको बराबरीमा खेल्दै अंक बाँडेको हो । इन्टरले सुरुवाती अग्रता लिएरपनि जोगाउन सकेन । यस बराबरीले उपाधि होडमा रहेको इन्टरलाई केही धक्का लागेको छ ।

इन्टरका लागि लाउटारो मार्टिनेजले चौथो मिनेटमा गोल गरेका थिए । एटलान्टाका रोविन गोसेन्सले ७५औं मिनेटमा बराबरी गोल फर्काए । बराबरीसँगै शीर्ष स्थानमा रहेको इन्टरको १९ खेलबाट ४६ अंक छ । दोस्रो स्थानमा रहेको युभेन्ट्सले एक खेल कम खेल्दै ४५ अंक बनाएको छ । ३५ अंक बनाएको एटलान्टा चौथो स्थानमा छ ।

अर्को खेलमा लाजियोले नापोलीलाई १–० गोलले हरायो । लाजियोको जितमा सिरो इम्मोबाइलले ८२औं मिनेटमा निर्णायक गोल गरे । जितसँगै लाजियो ४२ अंक बनाएको लाजियो तेस्रो स्थानमा उक्लिएको छ । २४ अंक बनाएको नापोली नवौं स्थानमा छ ।

भेट्रान स्ट्राइकर ज्लाटन इभ्राहिमोभिचले गोल गरेको अर्को खेलमा एसी मिलानले काग्लियरीलाई २–० गोलले हराएको छ  । मिलानको जितमा राफेल लियोले ४६औं र ज्लाटन इब्राहिमोविचले ६४औं मिनेटमा गोल गरेका थिए । ३८ बर्षीय ज्लाटन भर्खर मिलानमा पुगेका हुन् । उनले मिलानमा दुई खेल मात्र खेलेका छन् ।

सन् १९९९ मा माल्मोबाट ब्यवसायिक फुटबल सुरु गरेका ज्लाटनले २१ बर्षे खेल जीवनमा ४७५ गोल गरेका छन् । यसक्रममा उनले विभिन्न ९ क्लबबाट खेले । उनले माल्मो, आयाक्स, युभेन्ट्स, इन्टर मिलान, बार्सिलोना, एसी मिलान, पीएसजी, म्यानचेस्टर युनाइटेड र एलए ग्यालेक्सीबाट खेलेका छन् । उनी यसै विन्टरमा ६ महिनाका लागि मिलानमा आवद्ध भएका हुन् । ज्लाटन प्रेरित मिलानले यस जितसँगै १९ खेलबाट २५ अंक बनाएको छ । मिलान तालिकाको सातौं स्थानमा छ । २९ अंक बनाएको काग्लियरी छैटौं स्थानमा छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप