बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

ओली–प्रचण्डविरुद्ध खनिए बाबुराम : धन्य कणहरु, यही हो लोकतन्त्र ?

आइतबार, २७ पुस २०७६, १६ : ३५
आइतबार, २७ पुस २०७६

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा पंगु र निष्काम बनेको बताएका छन् । 

डा. भट्टराईले आईतबार सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै हिजो दलीय खिचातानीले संसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइएको भन्दै आज एउटै दलको स्पष्ट बहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधि सभा पंगु र निष्काम बनेको बताएका हुन् ।

नेकपा अध्यक्षद्वय केपी ओली र प्रचण्डप्रति कटाक्ष गर्दै उनले भनेका छन्, ‘हिजो दलीय खिचातानिले संसरसंसद बन्धक बन्दा अन्तरिमकाल र सहमतिको राजनीति भनेर चित्त बुझाइयो । तर आज नियमित संविधान र एउटै दलको स्पष्ट वहुमत हुँदा गुटीय खिचातानीका कारण प्रतिनिधिसभा पंगु र निष्काम  हुने र बैठक सरिरहने ? जनप्रतिनिधि मुकदर्शक भैरहने ? यही हो लोकतन्त्र ? अझै कम्युनिज्म ?धन्य कणहरू !’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप