नुवाकोटको तारुकामा २१ हल गोरु जुधाइने
नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गरे ।
तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । मेलामा जित्ने गोरुका धनीलाई नगदसहित पुरस्कृत गरिने भएको छ ।
विभिन्न स्थानमा छरिएको गोरु जुधाइ परम्परालाई २०६२ सालदेखि एकै थलामा गाउँभरिका गोरु भेला गरी जुधाउन थालिएपछि यहाँको गोरु जुधाइ परम्पराले अहिले मेलाको स्वरुप ग्रहण गरेको छ । नुवाकोटमा तारुकासँगै बेत्रावती, पञ्चकन्याको घलेभञ्ज्याङ, तादीको सातबिसे, लिखुको कट्टीछापलगायत स्थानमा पनि गोरु जुधाइ हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा एमालेले लियो सरकारलाई दिएको समर्थन फिर्ता
-
सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर
-
बाथरुममा लडेर घाइते भए पियुष मिश्रा
-
जङ्गलमा लुकाइराखेका ११ नाल भरुवा बन्दुक बरामद
-
ट्रम्पको धम्कीपछि क्यानडाले रद्द गर्यो संयुक्त पुल उद्घाटन समारोह
-
हुथीको धम्कीपछि साउदीका तेल ट्याङ्कर फर्किए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण