क्यानडाको आणविक ऊर्जा स्टेशनद्वारा आपतकालीन चेतावनी
एजेन्सी । क्यानडाको ओन्टारियो प्रान्तको आणविक उर्जा केन्द्रले आइतबार बिहान गल्तीले आपतकालीन चेतावनी जारी भएको स्थानीय विद्युत उत्पादन प्राधिकरणले जनाएको छ ।
‘स्टेशनमा एक ‘घटना’ भएको जानकारी आएको थियो जसले १० किलोमिटर वरपरका मानिसहरूका लागि लागु हुनेगरी आपतकालीन सूचना प्रशारण ग¥यो,’ प्रान्तीय सरकारले स्थानीय समय अनुसार विहान ७ः३० बजे जारी गरेको सूचनामा बताइएको छ ।
प्रारम्भिक समाचारमा ‘स्टेशनबाट रेडियो विकरणको कुनै पनि असामान्य चेतावनीलाई अस्वीकार गर्दै नागरिकहरूले यस समयमा कुनै पनि सुरक्षात्मक कार्यहरू गर्नु नपर्ने जनाइएको छ ।
आपतकालिन सङ्केतको सूचनापछि ओन्टारियो विद्युत उत्पादन प्राधिकरणले तुरुन्तै ट्वीट गर्दै लेख्यो, ‘पिकरिंग न्यूक्लियर’ चेतावनी त्रुटीबश पठाइएको हो र सार्वजनिक जीवन वा वातावरणमा यसको कुनै खतरा हुने छैन ।’
सन् १९७१ मा स्थापना गरिएको ‘पिकरिङ प्लान्ट’ टोरन्टोको शहरबाट ५० किलोमिटर पूर्वमा ओन्टारियो तालको किनारमा अवस्थित छ । उक्त क्षेत्रमा करिब ३० लाख जनसंख्या रहेको छ । Photo:Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांस्कृतिक पर्वले समाजको एकतालाई थप बलियो बनाउने विश्वास
-
बिहीबार टर्कीमा पुटिनको प्रतीक्षा गर्नेछु : जेलेन्स्की
-
सुदीप न्यौपानेको परिवारलाई भेट्न पुगे भारतीय राजदूत
-
बुद्ध दर्शनको सान्दर्भिक पक्षहरूलाई आजको परिवर्तन र रूपान्तरणको काममा लगाउनुपर्छ : खनाल
-
तेस्रो एभरेस्ट राष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगिता सम्पन्न, पलेसाको पनि सहभागिता
-
निःशुल्क आँखा परीक्षण गराउन पाउँदा वृद्धवृद्धा खुसी