क्यानडाको आणविक ऊर्जा स्टेशनद्वारा आपतकालीन चेतावनी
एजेन्सी । क्यानडाको ओन्टारियो प्रान्तको आणविक उर्जा केन्द्रले आइतबार बिहान गल्तीले आपतकालीन चेतावनी जारी भएको स्थानीय विद्युत उत्पादन प्राधिकरणले जनाएको छ ।
‘स्टेशनमा एक ‘घटना’ भएको जानकारी आएको थियो जसले १० किलोमिटर वरपरका मानिसहरूका लागि लागु हुनेगरी आपतकालीन सूचना प्रशारण ग¥यो,’ प्रान्तीय सरकारले स्थानीय समय अनुसार विहान ७ः३० बजे जारी गरेको सूचनामा बताइएको छ ।
प्रारम्भिक समाचारमा ‘स्टेशनबाट रेडियो विकरणको कुनै पनि असामान्य चेतावनीलाई अस्वीकार गर्दै नागरिकहरूले यस समयमा कुनै पनि सुरक्षात्मक कार्यहरू गर्नु नपर्ने जनाइएको छ ।
आपतकालिन सङ्केतको सूचनापछि ओन्टारियो विद्युत उत्पादन प्राधिकरणले तुरुन्तै ट्वीट गर्दै लेख्यो, ‘पिकरिंग न्यूक्लियर’ चेतावनी त्रुटीबश पठाइएको हो र सार्वजनिक जीवन वा वातावरणमा यसको कुनै खतरा हुने छैन ।’
सन् १९७१ मा स्थापना गरिएको ‘पिकरिङ प्लान्ट’ टोरन्टोको शहरबाट ५० किलोमिटर पूर्वमा ओन्टारियो तालको किनारमा अवस्थित छ । उक्त क्षेत्रमा करिब ३० लाख जनसंख्या रहेको छ । Photo:Reuters
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा चार खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात, डिजेलमा सबैभन्दा धेरै रकम बाहिरियो
-
इलाम नगरलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्न सरकारसमक्ष सिफारिस
-
शैक्षिक परामर्श व्यावसायी र शिक्षा मन्त्रीबिच छलफल सकियो
-
गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाएको घोषणा
-
कांग्रेसले घोषणा गर्यो ‘एनसी फर एनसी’ अभियान
-
प्रधानमन्त्रीलाई कालो चस्मा र वस्त्र लगाउन छुट छ, काला कर्तुत गर्न छुट छैन : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण